युक्रेन युद्धः इन्डाेनेसियामा चाउचाउ अभाव


जाकार्ता । युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाईबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रुसबीचको लडाइँले युरोपलाई ‘अलर्ट’ बनाएको छ । तर, तेलमा मूल्यबृद्धिको असर भने विश्वभर महशुस गरिएको छ ।

युक्रेन द्वन्द्वको अर्को असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको छ ।

युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो निर्यातकर्ता हो र रूसी आक्रमणपछि युक्रेनी बन्दरगाहहरूमा गतिविधि निकै सुस्त भएको छ ।

तसर्थ, गहुँको पिठोबाट उत्पादन हुने इन्डोमी चाउचाउको उत्पादन प्रभावित भएको छ । इन्डोमी ब्रान्डले इन्डोनेसियामा इन्स्ट्यान्ट नुडल्सलको अवधारणालाई पहिलो पटक परिचय र लोकप्रिय बनाएको बताएको छ ।

यो चाउचाउ इन्डोनेसियाली समाजको हरेक क्षेत्रमा लोकप्रिय छ । विद्यार्थीहरूदेखि छिटो खाजा खान चाहने व्यक्तिले यही चाउचाउ चाहन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ