एमालेमा ‘बा’ प्रवृत्ति हामी भयो अब गरिखाँदैन : माधव नेपाल


गुल्मी । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेलाई धुलो चटाउने बताएका छन् । शनिबार गुल्मीमा नेकपा एकीकृत समाजवादीको जिल्लास्तरिय अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता नेपालले एमालेविरुद्धका सबै शक्ति एक ठाउँमा उभिएर एमालेलाई भारी मतले पराजित गर्ने बताए ।

नेता नेपालले दुई पटकसम्म भएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्ध निर्वाचित भएको र एमालेले पराजय भोगेको स्मरण गराएका थिए । एमालेमा ‘बा’ प्रवित्ति हावी भएकोले अब त्यसबाट देश र जनताले निकास प्राप्त गर्न नसक्ने भएकोले आफुहरु कलम चिन्ह लिएर एकीकृत समाजवादीको नामबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउने बताए । गुल्मीको सन्दर्भमा पनि एमाले बाहेकका दलहरुसँग गठबन्ध गरेर निर्वाचनमा जाने सहमती भएको नेपालले जानकारी दिए । गुल्मीबाट जितेका केही स्वार्थी नेताहरु केपी ओलीसँग गएर ठिक गरेको नेपालको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीकी सचिव एवम् शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मीको लागि रेसुङ्गा नगरपालिकामा सभाहल, सालझण्डी पटौटी सडक लगायतका काम अगाडी बढाएको जानकारी गराएकी थिइन् । निर्वाचनको सन्दर्भमा गुल्मीमा सत्तागठबन्धन नै तालमेल गरेर अगाडी गर्ने संकल्प गरेको बताइन् । आफु शहरी विकास मन्त्री भएपछि धेरै पूर्वाधारका काम अगाडी बढाएको र गुल्मीका दुई नगरपालिकामा मात्रै एक अर्ब बजेट बिनियोजन गरेको उनले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल