राजधानीका संस्थापक अध्यक्ष शेरचनलाई मारणोपरान्त सम्मान


काठमाडौं । धौलागिरि समाज नेपालले आफ्नो वार्षिकोत्सवका अवसरमा समाजका प्रमुख संरक्षक तथा राजधानी दैनिकका संस्थापक अध्यक्ष महेन्द्र शेरचनलाई मारणोपरान्त सम्मान गरेको छ ।

सो सम्मान उनकी धर्मपत्नी नन्दा शेरचनबाट ग्रहण भएको थियो । कार्यक्रममा राजधानीका संस्थापक अध्यक्ष स्व. शेरचनका ज्येष्ठ सुपुत्र सचिन शेरचन र छोरी नम्रता शेरचनको उपस्थिति थियो ।

समारोहमा विशिष्ट संरक्षक आनन्दप्रकाश राजभण्डारी, संरक्षक लेखनाथ पौडेल, ट्रस्टी सम्मानमा डा. मनबहादुर केसी, डा. ज्ञानेन्द्र पौडेल, नेपाल बारका महासचिव लीलामणि पौडेल, रामचन्द्र पौडेल, पूर्वन्यायाधीश कोमल घिमिरे र पूर्वसहसचिव प्रेमप्रसाद सुवेदीलाई पनि सम्मान गरिएको थियो ।

नेपाल सरकारका पूर्वमुख्य सचिव मुकुन्द शर्मा पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि पूर्वसहायकमन्त्री सुशीलमान शेरचन, अतिथि पूर्वगृह सचिव मोहनकृष्ण सापकोटा थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले काली गण्डकी महिमा’bout ७ वटा पुराणमा व्याख्या भएको र भारत जर्षमा मुक्तिनाथ, गलेश्वर, पुलाश्रम, गण्डकी नदीप्रति ठूलो भक्तिभाव रहेको र शालिग्रामको महत्व पुराणमा उल्लेख रहेको बताए ।

विशिष्ट अतिथि शेरचनले धौलागिरि समाजको प्रशंसा गर्दै यो समाजले धौलागिरि क्षेत्रका चार जिल्लाका बुद्धिजीवी, पूर्वप्रशासक र व्यवसायमा संलग्न व्यक्तिलाई जोडेको धारणा राखे । उनले आफूले मन, वचन र कर्मले सहयोग पु-याउने पनि बताए ।

समाजका अध्यक्ष केदारनाथ गौतमले समाजको आगामी कार्यक्रम प्रकाश पार्दै १ करोडको अक्षयकोष बनाउने अभियानमा हालसम्म २७ लाख रुपैयाँ पुगिसकेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 497 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै