काठमाडौं । शिखर नगरपालिका वडा न. १० डोटीका शतिस ठगुन्ना १३ वर्ष लागे । शिद्धेश्वर मावी डुग्रीसैनमा कक्षा ६ मा अध्यनरत शतिसलाई विगत तिन वर्षको कष्टकर जीवनयापन सम्झन पनि मन छैन ।
उडेको चरा खसाल्ने उत्साह भएका बोकेका शतीसले तीन वर्ष अर्कैको सहारामा बिताउनु प-यो । चार बर्ष अघिसम्म अन्य वालवालिका जस्तै दुवै हातले काम गर्न सक्थे, लेख्न सक्थे, भात खान सक्थे र विहान वेलुका आमालाई घरको काम सघाउन पनि सक्थे ।
उनी दुई वर्षको हुँदा उनका बुबा एकाएक घर छोडेर वेपत्ता भए । हजुरवुवा र आमाले दुख सुख हुर्काएका उनीको जीवमा अर्को आपत आईप-यो । एकदिन साथीहरु संग खेल्दा खेल्दै थिए पुलनिर्माण गर्न ठेकदारले वेवारिसे अवस्थामा राखिएको जेनेटरमा हात पर्दा दुवै हात त गुमाए ।
गरिव परिवारमा जन्मिएका उनी एक वर्ष हस्पिटल बसेर उपचार गरे । भएको सम्पत्ति सकियो । उपचार गरे पनि उनको शरिरको चोट त निको भयो तर, गुमेको हात फर्किएन ।
आइतवार ज्ञानेश्व स्थित सामाजिक संस्था इनएवल नेपालमा भेटिएका सतिशले कृतिम हात पाए । कृतिम लगाउन लाग्दा सुरुमा डराए जस्तो देखिए । ‘हात फिट नहुने पो होकि ?’ उनी चिन्तित थिए । हात लगाउनु अघि वेलावेलामा आफु अघि राखेका हातलाई हेर्दै थिए । नातीको कृतिम हातले काम गर्छकी गर्दैन संगै आएका हजुरबा हेर्दै थिए । हात जोड्न झण्डै आधा घण्टा लाग्यो ।
प्राविधिकले हात जोडेपछि एक छिन दुवै हात आखाँ अगाडी लगेर केही वेर घोरिएर हेरे । सायद, उनी विगतका हात सम्झेर घोरिएका थिए । प्राविधिकले सेनिटाइजरको वोतल लिन लगाए र भने ‘विस्तारै समात ।’ वोत्तललाई सजिलै माथी उठाउन सफल भए पछि उनको अनुहारमा खुसि छायो । हलमा भएकाले ताली पडकाएर उनलाई वधाई दिए । नातिको हात पहिले जस्तै भएको आभास भएको भन्दै हजुरवुवा सवैलाई धन्यवाद दिए भने आमा छोराको गुमेको हात केही हद सम्म भए पनि फिर्ता आएकोमा खुसी देखिन्थिन ।









