आन्दोलनले पठनपाठन अवरुद्ध

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विज्ञान संकायका आंशिक प्राध्यापकहरूको आन्दोलनलाई समर्थन गर्दै स्थायी र करार प्राध्यापकहरूले समेत कक्षामा अध्यापन नगर्ने भएका छन् ।

 आफ्ना माग पूरा नहुँदासम्मका लागि आंशिक प्राध्यापकहरूले भने यसअघि नै कक्षा बहिष्कार गर्दै आन्दोलनमा लागेका छन् । आंशिक प्राध्यापकहरूको आन्दोलनलाई नैतिक समर्थन गर्दै विज्ञान संकायका स्थायी र करार प्राध्यापकहरूले पनि कक्षामा अध्यापन नगरेका कारण बिहीबार संकायका कुनै पनि कक्षा सञ्चालन हुन नसकेका हुन् ।

हाल क्याम्पसमा विज्ञान संकायमा ४ सय ६३ जना विद्यार्थी अध्ययनरत छन । महेन्द्र बहुमुखी क्याम्पसको विज्ञान संकायमा त्रिविविका आंशिक २९ जना शिक्षक कार्यरत रहेको र यस क्षेत्रकै पहिलो विज्ञानमा स्नातक पढाइ हुने क्याम्पस हो । गत १४ वर्षदेखि आफूहरू आंशिक प्राध्यापकको रूपमा न्यून ज्यालामा काम गर्नु परेको भन्दै करारमा नियुक्ति प्रक्रिया सुरु गर्न दबाबमूलक आन्दोलन गर्दै आएकोमा बिहीबारबाट कक्षा बहिष्कार गरेका हुन् ।

त्रिविविले सो क्याम्पसका विज्ञान संकायका आंशिक प्राध्यापकहरूको आन्दोलनको सम्बोधन गरी आफूहरूको नियमित पढाइ हुने वातावरण मिलाई दिन विज्ञान संकाय चौथो वर्षमा अध्ययनरत पदम बुढाले आग्रह गरे ।

उनले आफूहरूको नियमित पढाइ नहुँदा नजिकिँदो परीक्षामा राम्रो प्रतिफल नआउनुको साथै कोर्स पनि नसकिने भन्दै त्रिविवि र आन्दोलनरत आंशिक प्राध्यापकहरूबीच चाँडोभन्दा चाँडो समस्या समाधानतर्फ लाग्न अनुरोधसमेत गरे ।

त्रिविविले बौद्धिक श्रमको शोषण गरिरहेकोे भन्दै शिक्षक मधुसुदन अधिकारीले भने, ‘हाम्रा माग आवश्यकताका आधारमा भएको र त्रिविविले माग पूरा गर्नु पर्ने हो । तर, आन्दोलनमै नउत्रिँदासम्म नसुन्ने परिपाटीका कारण आफूहरू आन्दोलित हुन बाध्य छौं ।’

प्राध्यापक कवीन्द्र भट्टराईले आंशिक प्रथा सदाका लागि निम्ति अन्त्य गरिनुपर्ने र हाल कार्यरतलाई करारमा नियुक्ति दिनुपर्ने सुझाव दिए । संघर्ष समितिका सचिव सुनिल अधिकारीले आफूहरूको माग’bout सुनुवाइ नहुँदासम्म कक्षा बहिष्कारको कार्यक्रम जारी रहेको जानकारी दिए ।

विगत १४ वर्षदेखि आंशिक प्राध्यापकको रूपमा प्राध्यापन गराइरहेका विज्ञान संकायका सम्पूर्ण आंशिक प्राध्यापकहरूलाई करार नियुक्ति दिनुपर्ने माग गर्दै गत मंसिर २६ गते नै क्याम्पस प्रमुखलाई ज्ञापनपत्र दिई पनि कुनै सुनुवाइ नभएकोले पुनः माघ १२ गते ध्यानाकर्षणपत्र बुझाउँदै आन्दोलनको थालनी गरेको हो ।

यसैबीच, आंशिक शिक्षकको अन्दोलन र कक्षा बहिष्कारको कारण आफूहरूको नियमित पठनपाठन हुन नसकेको भन्दै विज्ञान संकायका विद्यार्थीहरूले निमित पढाइ सुचारु गर्नका लागि क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब प्रतिस्पर्धीलाई काँधैमा बोके विजयीले