नेपाली दूतावासमा चुच्चे नक्सै गायब

नदेखिनु गम्भीर आपत्ति: दलहरू

काठमाडौं । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ ।

नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । जबकि केही समयअघिसम्म मात्रै भारतस्थित नेपाली दूतावासका सबै कोठामा चुच्चे नक्सा थियो ।

प्र्र्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला नयाँ दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा नदेखिएपछि राजनीतिक दलले आपत्ति जनाउँदै कर्मचारीलाई कारबाही माग गरेका छन् । लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा दूतावासमा नदेखिनु गम्भीर आपत्तिको विषय भएको दलका नेता औंल्याउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आपत्ति जनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित दूतावासमा नभएको’ भन्दै आपत्ति जनाए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले ‘प्रधानमन्त्री देउवा भारत भ्रमण गएकै बेला नयाँ दिल्लीस्थित दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा भएको’ उल्लेख गर्दै आपत्ति जनाएका हुन् ।

माओवादी केन्द्रका पूर्वमहासचिव एवं पूर्वसभामुख कृष्णबहादुर महराले यस विषयमा आफूले बुझिरहेको बताए । ‘सत्य कुरा के हो ? भन्ने बुझिरहेको’ बताउँदै उनले ‘त्यसपछि केही कुरा पार्टीले बोल्ने’ उल्लेख गरे ।

‘चुच्चे नक्सा दूतावासमा नराखिएको भन्ने विषयमा सत्य के हो बुझ्दै छौं,’ उनले भने, ‘सत्य कुरा बुझेर पार्टीले यस’bout आफ्नो धारणा सार्वजनिक गर्नेछ ।’

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा नहुनु गम्भीर आपत्तिको विषय भएको टिप्पणी गरे । ‘संविधान संशोधन गरेर राखिएको चुच्चे नक्सा यदि छैन भने त्यो गम्भीर विषय हो । यदि, त्यसो हो भने त्यहाँका कर्मचारीलाई कारबाही गर्नुपर्छ, यसलाई गम्भीर रूपमा लिनुपर्छ,’ प्रवक्ता खतिवडाले भने ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले ‘चुच्चे नक्सा दूतावासमा नदेखिएको हो भने सच्याउनुपर्ने’मा जोड दिए । दूतावास कर्मचारीबाट ‘गल्ती भएको हुन सक्ने’ बताउँदै उनले ‘त्यसलाई सच्याउनुपर्ने’ सुझावसमेत दिए ।

यो राष्ट्रिय लज्जा हो: ओली
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘देशको नक्सा नै गायब बनाउने योभन्दा अरू राष्ट्रिय लज्जाको विषय अरू केही नहुने’ टिप्पणी गरेका छन् । राजधानीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘देउवा भारत भ्रमण गएकैबेला नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा नभई बुच्चे नक्सा राख्नु आपत्तिजनक भएको’ टिप्पणी गरे ।

‘राष्ट्रियता विषयमा सरकार यसरी किन झुक्नुप¥यो ?’ अध्यक्ष ओलीले प्रश्न गरे । उनी प्रधानमन्त्री भएकै समय कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा जारी गरिएको थियो ।

‘सम्माननीय प्रधानमन्त्रीले प्रकाशित गरेको सरकारको सय दिनमा चुच्चे नक्सा हटाउने काम भयो । के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको यत्रो खेलबाड ?’ ओलीले प्रश्न गर्दै भने, ‘हिजो मात्रै दिल्लीमा रहेको नेपाली दूतावासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको बुच्चे नक्सा राखिएको छ ।

चुच्चे नक्सा हटाइएको छ । योभन्दा राष्ट्रको शिर निहुँ¥याउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ? शेरबहादुरजी राष्ट्रिय बेइमानीका लागि दिल्ली जानुभएको हो ? फर्किनुअगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, हाम्रो सरकारले बनाएर संविधान संशोधन गरेर राखेको नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि हटाएर फर्किनुहुन्छ ?’

‘२५ वटै कोठामा थियो, हटाएर अपराध गरिएछ’
भारतस्थित नेपाली राजदूतावासमा ढेड वर्ष कार्यरत रही केही समयअघि मात्रै नेपाल फर्र्र्र्किएका एक अधिकारीका अनुसार नेपाल सरकारले चुच्चे नक्सा जारी गरेलगत्तै भारतस्थित नेपाली राजदूतावासका सबै कोठाहरूमा २५ वटा चुच्चे नक्सा टाँसिएका थिए ।

सो समयमा नेपाली दूतावासमा कार्यरत ती अधिकारीले त्यतिबेला आफैं नेपाल आएर परराष्ट्र मन्त्रालयसँग समन्वय गरी फ्लेक्स बोर्डसहितको २५ वटा चुच्चे नक्सा लिएर गएको बताए । ‘म आफंैले लगेर टाँस्न लगाएको हुँ, अहिले कसैले झिकेको हो भने त्यो देशविरुद्धको अपराध हो,’ ती अधिकारीले राजधानीसँग भने ।

उनले चुच्चे नक्साको साटो बुच्चे नक्सा राख्ने जोसुकै भए पनि कडा कारबाही हुनपर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 452 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)