दैलेख । कर्णाली प्रदेशकै सबैभन्दा बढी जलविद्युत्् योजना भएको गाउँपालिका हो, दैलेख नौमुले । एउटै गाउँपालिकामा चार जलविद्युत् आयोजना छन् । पदमखोला, द्वारिका खोलाबाट विद्युत् उत्पादन भइसकेको छ । अपर लोहोरे र लोहोर खोलामा विद्युत्् उत्पादनका लागि निर्माण जारी छ ।
विद्युत् उत्पादनको ‘हब’ बने पनि नौमुलेवासी अँध्यारोमा बस्न बाध्य छन् । पालिका सदरमुकाम नौमुले बजारबाहेक नागरिक विद्युत्् पहुँचबाहिर छन् ।
दुई वटाले विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ भने दुई निर्माणधीन छन् । विद्युत् उत्पादन कम्पनी हालसम्म कुनै सूचनासमेत सार्वजनिक गरिएको छैन । ‘कति लगानीमा बनेको ? कसका लागि बनेको ?’ यस’bout स्थानीय अनभिज्ञ छन् ।
तीन अर्ब स्वदेशी लगानीमा नौमुलेमा १६ मेघावाट क्षमताको विद्युत् उत्पादन गर्न लागिएको छ । द्वारिका खोला ३ दशमलव ५७ मेगावाट र पदमखोलाबाट ४ दशमलव ५० मेगावाट विद्युत् उत्पादन भइसकेको छ । अपर लोहोरे ४ दशमलव ५७ लोहोरे खोलाबाट ४ मेगावाट विद्युत् उत्पादनका लागि काम सुरु भएको छ ।
प्राकृतिक स्रोत साधनमा स्थानीय अधिकार विद्युत् उत्पादन गर्ने कम्पनीले ‘ब्रेक’ लगाएका छन् । निःशुल्क विद्युत् र सेयर’bout स्थानीय अनविज्ञ छन् । उत्पादित कम्पनीले मुआब्जाबाहेक तल्लो र माथिल्लो तटीय क्षेत्रमा प्रावधान के छन् ? कुनै जानकारी कम्पनीले दिएको छैन ।
विद्युत् उत्पादनका लागि १० प्रतिशत पानी खोलामै छोड्नुपर्ने हुन्छ । तर, कम्पनीले सम्झौताअनुसारको पानी नछोड्दा डाँडापाखा सुख्खा बनेपछि उत्पादनमा समेत कमी आएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्र्रतिवेदन’bout स्थानीय मात्र होइन, गाउँपालिका अध्यक्षसमेत बेखरबर छन् ।
खोलैपिच्छे जलविद्युत् आयोजनाले जलचर संकटमा : भदे बुढा, अध्यक्ष, नौमुले गाउँपालिका
नौमुले गाउँपालिकामा बन्दै गरेका विद्युत् आयोजनाले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार भौतिक पूर्वाधारमा सहयोग गर्नुपर्छ । तर, विद्युत् उत्पादन कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक नगरेर प्राकृतिक स्रोतमा स्थानीय अधिकार वञ्चित गरेका छन् ।
खोलैपिच्छे जलविद्युत् आयोजनाले जलचरसमेत संकटमा पर्ने देखिन्छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण जोडिएकाले स्थानीयको ‘बत्ती बाल्न पाउने आशा’ अधुरै छ भने हाइड्रोको ‘हब’ नौमुले बत्तिमुनिको अ“ध्यारोमै कुहिरोको काग झैं बनेको छ ।