पोखरा । पटकपटक विवादमा छाइरहने गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले कर्मचारीमाथि हातपात गरेका छन् ।
उनले मन्त्रालयका शाखा अधिकृत आठौं तहका कर्मचारी प्रकाश ओझामाथि हातपात गरेका हुन् । ओझा मन्त्रालयका सूचना अधिकारीसमेत हुन् ।
मंगलबार कार्यालय समय सकिने बेलातिर फाइल लिएर मन्त्रीलाई भेट्न पुगेका ओझामाथि मन्त्री गुरुङले हातपात गरेका हुन् । तर, मन्त्री गुरुङका स्वकीय (पीए) विशाल बरालले भने समाचारमा आएजस्तो हातपात नगरेको दाबी गरे । उनले भने, ‘समाचारमा आएजस्तो हैन । सामान्य रूपमा सम्झाउने काम मात्र भएको हो । योजना धेरै थिए, ती योजना अघि बढाउनुपर्छ भन्नेमा मन्त्रीज्यूको कुरा थियो ।’
यस विषयमा बुझ्न खोज्दा कुटाइ खाएका भनिएका सूचना अधिकारी प्रकाश ओझाले भने मोबाइल स्विच अफ गरेका छन् ।
यता, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री समेत रहेका सरकारका प्रवक्ता कुमार खड्काले यस’boutमा आफूले मिडियामा आएअनुसार सुनेको बताए । ‘यस’boutमा प्रमुख सचिवसँग बुझ्दा मुख्यमन्त्री कार्यालयमा जानकारी आएको बताउनुभयो,’ उनले भने, ‘मुख्यमन्त्रीज्यू पोखराबाहिर भएकाले आएपछि माननीय खेलकुदमन्त्री र कर्मचारीसँग सोधेर एउटा निर्णय लिनुहुन्छ । के निर्णय लिनुहुन्छ । त्यही जानकारी गराउँछु ।’
साथै प्रवक्ता खड्काका अनुसार प्रमुख सचिवसँग बुझ्दा मन्त्रालयमा बुझ्दा कर्मचारीले काम गर्ने वातावरण भएन भनी गुनासो आएको सुनेको बताए । ‘यस’boutमा मुख्यमन्त्रीज्यूले आपसी छलफलपछि जे निर्णय गर्नुहुन्छ, त्यो उहाँको कुरा भयो,’ उनले भने ।
घटना भएको भोलिपल्ट बिहीबार मन्त्री गुरुङ मन्त्रालय आएनन् । उनले मन्त्रालयमा आफ्ना पीएलाई पठाए पनि उनी केहीबेर बसेर फर्किएको कर्मचारीहरूको भनाइ छ । मन्त्रालयका अन्य कर्मचारीसँग बुझ्न खोज्दा कर्मचारीले भने, ‘भित्र फाइल लिएर जानुभएको थियो । बाहिर आउँदा नबोली जानु भो । पछि मिडियाबाट थाहा भयो ।’
यसैबीच, मन्त्री मनाङे पोखरामा बिहीबारदेखि सुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रममा पनि गएनन् ।
के भन्छन् मनाङे ?
गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले शाखा अधिकृत प्रकाश ओझालाई कुटपिट नगरेको तर सम्झाएको प्रस्टीकरण दिएका छन् ।
‘मैले उनलाई कुटपिट गरेको होइन, सम्झाएको हुँ,’ मनांङेले भने, ‘मैले कुटपिट गर्नै परे अलि ठूला मान्छेलाई गर्छु नि, त्यस्ता कर्मचारीलाई कस्ले झाप्पु हान्छ भन्या ?’
आफूले दिएको सुझावभन्दा उल्टो लेखेकाले सम्झाउनुपरेको उनको भनाइ छ । उनले भने, ‘मेरो मन्त्रालयमा ३ करोड २४ लाख रुपैयाँको युवा स्वरोजगारको प्रोजेक्ट आएको थियो तर उसले ३४ करोड लेखेछ । युवा स्वरोजगारको सो योजना मैले पनि विश्वासमा राम्रोसँग अध्ययन गरिनँ ।
मैले अध्ययन नै नगरी स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालय पठाएँ, अर्थ र कानुन मन्त्रालयबाट पनि पास भयो, क्याबिनेटमा लैजाँदा मात्र पो बद्मासी’bout थाहा भयो । गण्डकीका भौतिक पूर्वाधारमन्त्री एवं प्रवक्ता कुमार खड्काले अध्ययन गरेपछि मात्र मैले बद्मासी’bout थाहा पाएको हुँ, सोही कुरा’bout मैले ओझालाई के हो यस्तो भनेर सम्झाएको हुँ, अरू केही होइन ।’
भारतीय नागरिकको हत्या
सर्लाही । सर्लाहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको मलंगवा नगरपालिका–९ मा बुधबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गर्दा भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगम बस्ने ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो ।
महतोमाथि मंलगवास्थित कृष्णामती विद्यालयको पछाडि पूर्वतर्फ अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
गोली कसले र किन चलायो भन्ने’boutमा केही खुल्न नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।






