गैरसांसद बने मन्त्री

काठमाडौं । प्रतिनिधि सभाको सांसद नै नरहेका अधिवक्ता गोविन्द शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार कोइरालालाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् । सांसद नभए पनि मन्त्री बन्न सफल कोइराला कानुन क्षेत्रमा गोविन्दबन्दीका नामले परिचित छन् । उनी बढीमा ६ महिनाका लागि मन्त्रीमा नियुक्त भएका हुन् ।

उनी नेकपा (एकीकृत समाजवादी)निकट कानुन व्यवसायी हुन् । सर्वाेच्च अदालतको परमादेशबाट गठन भएको वर्तमान सरकार बनाउन महŒवपूर्ण भूमिका खेलेको भन्दै उनलाई पुरस्कारस्वरूप मन्त्री बनाइएको बताइएको छ ।

बन्दीलाई मन्त्री बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई दबाब दिँदै आएको स्रोतको दाबी छ । गृह जिल्ला दैलेख भएका बन्दीलाई अध्यक्ष नेपालका सम्धी सोमप्रसाद पाण्डेको दबावमा मन्त्री बनाइएको स्रोतको दाबी छ । बन्दी पाण्डेको पारिवारिक नातासमेत पर्ने बताइएको छ । लामो समय कानुन व्यवसायीका रूपमा काम गरेका बन्दीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गराउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसैगरी, कानुनमन्त्रीको जिम्मेवारीमा रहेका दिलेन्द्रप्रसाद बढुलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

गैरसांसद मन्त्री बन्न हुन्न भन्थे, आफंै भए
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पछि दोस्रोपटक गैरसांसदलाई मन्त्रीमा नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

त्यतिबेला नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेर मन्त्री भएका सात जनाको पद सर्वोच्च अदालतको आदेशसँगै खारेज भएको थियो ।

त्यतिबेला गैर सांसदलाई मन्त्री बनाउनुहुँदैन भन्ने रिट सर्वोच्चमा दायर गर्दै त्यसविरुद्ध उभिएका थिए अधिवक्ता बन्दी । यस विषयमा उनले अदालतमा लामै बहस गरेका थिए ।

तर, त्यसको साढे १० महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनै बन्दीलाई मन्त्रीमा नियुक्त गरेका छन् । बन्दी सांसद होइनन् । तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा बदरको माग गर्ने कानुन व्यवसायीमा बन्दी अग्रपंक्तिमा थिए ।

तत्कालीन नेकपाभित्र फाटो आउँदै गएपछि उनी माधव नेपालको पक्षमा उभिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरका मेयर उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने