पीडत बालिकाहरूले दिए किटानी जाहेरी

चुरे, मकवानपुर । कक्षाकोठा र खेल मैदानमा समेत छात्राहरूलाई यौनदुव्र्यवहार गरेको आरोपमा मकवानपुरका तीन शिक्षकविरुद्ध किटानी जाहेरी दार्ता गरिएको छ । मकवानपुर जिल्लाको पूर्वी क्षेत्र बाग्मती गाउँपालिका–८ शान्तिपुरमा अवस्थित जनता माध्यमिक विद्यालय फापरबारीका छात्राहरूलाई सोही विद्यालयमा अध्यापनरत ३ जना शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आएर किटानी जाहेरी दिइएको हो ।

घटना स्थानीय तहमै मिलाउन गरिएको तीव्र दबाब र गृहकार्यबीच पीडितहरूले प्रहरीमा जाहेरी दिएका हुन् । स्थानीयस्तरमै ज्यानै लिनेसम्मको धम्कीका बाबजुत पीडित र उनीहरूको अभिभावकहरूलाई प्रहरीको भ्यानमा राखेर हेटौंडा ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चार जना पीडित बालिका, तीन जना बालिकाका अभिभावक, चार जना अभियन्ता बालबालिका र अन्य दुई जना जिल्ला प्रहरी कार्यालय मकवानपुर उपस्थित भएर किटानी जाहेरी दिएका हुन् ।

बालिकामाथि यौन दुव्र्यवहार प्रकरण

दुई दिनअघि जिल्लाका अधिकारकर्मीसँग जुनसुकै बेला निवेदन-जाहेरी लिन तयार रहेको बताएको इलाका प्रहरी कार्यालय फापरबारीले जाहेरी लिन नमानेपछि पीडितहरू जिल्ला प्रहरी कार्यालय आएका थिए । ‘जिल्ला प्रहरीमा समेत पीडित स्वयं नभएसम्म जाहेरी लिन मानेन, मुद्दा शाखाले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको जाहेरी नलिएपछि बालिकाका अभिभावक बालिका लिएरै जोखिम उठाएर जिल्लामा आए,’ एक जना अभियान्ताले भने ‘यति गर्दा पनि प्रमुख जिल्ला अधिकारीको फोनबिना प्रहरीले कलम उठाएन ।’

‘अन्यायविरुद्ध जाहेरी दिइयो तर ज्यानको सुरक्षा एकदम कम छ,’ एक जना अभिभावकले भने । बालिका र अभिभावक प्रहरीमा जाहेरी दिएर राति १२ बजे प्रहरीकै भ्यानमा घर फर्केका थिए । अन्य अभियन्ता बालबालिकालाई भने राति सिविन बाल हेल्प लाइनमा राखिएको थियो । तीन जना शिक्षक लोकबहादुर विक, रुद्रबहादुर विक र हेम बहादुर विकको नाममा पीडितले किटानी जाहेरी दिएका हुन् । विद्यालयमा घटना भएपछि उनीहरू हाल विद्यालयमा बिदा लिएर बसेका छन् । प्रहरीले जाहेरी नपरी पक्राउ गर्न नमिल्ने भन्दै बेवास्ता गर्दै आएको छ । विद्यालयमा तोडफोडको घटना भएको चार दिन बितेको छ भने, आरोपित शिक्षकहरू दुई हप्तादेखि बिदामा छन् ।

शिक्षकहरूको व्यवहारमाथि कारबाहीको माग गर्दै मंगलबार विद्यार्थी तोडफोडमा उत्रेपछि बुधबार जिल्लाका अधिकारकर्मी स्थलगत अध्ययनमा गएका थिए । विद्यालयका शिक्षकले कक्षा ४ देखि माथिल्लो तहको विद्यार्थीलाई केही वर्षदेखि लगातार यौन दुव्र्यवहार गर्दै आएको अध्ययनका क्रममा पत्ता लागेको अधिकारकर्मीहरूले बताएका छन् । ती शिक्षकहरूले कक्षा ४ मा पढ्दादेखि नै आफूहरूलाई नराम्रो छुवाइ गर्दै आएको र आफूले डरको कारण कसैलाई नबताएको हाल कक्षा ७ मा अध्ययनरत एक बालिकाले बताइन् । विद्यालयका बाल क्लबका अनुसार ती शिक्षकहरूबाट करिब ७५ जना बालिकाहरू पीडित छन् ।

शिक्षकविरुद्ध नबोल्न अभिभावकले आआफ्ना बालिकाहरूलाई विद्यालय नपठाई घरैमा राख्ने, कसैसँग भेटनसमेत नदिने गर्दै आएको पाइएको अधिकारकर्मीले बताए । ‘हाम्रो समूहबाट नानीहरूलाई नबोल भन्दै स्कुल चौरबाट पिट्दै घर लगियो,’ एक जना अभियन्ताले भनिन्, ‘अवस्था भयावह छ, विद्यालयका शिक्षिक पनि उच्च जोखिममा छन ।’ बुधबार अधिकारकर्मीसँग कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीले आफूमाथि नियमित यौन दुव्र्यवहार हँुदै आएको बताएका थिए । कक्षामा पढाउने क्रममा झ्याल ढोका बन्द गर्न लगाउने, विभिन्न बाहानामा छात्राहरूको संवेदनशील अंगमा हात लैजाने गरेको र प्रतिकार गर्दा पिट्ने गरेको उनीहरूले बताएका थिए ।

शिक्षकहरूको अनैतिक क्रियाकलापविरुद्ध विद्यार्थीले विद्यालय प्रशासनमा निवदेशन दिएपछि विद्यालय व्यवस्थापन समितिले शिक्षक पनि स्थानीयवासी नै भएको र उनीहरूको इज्जतमाथि ख्याल राख्ने भन्दै घटना मिलाउन खोजेपछि विद्यार्थीहरू तोडफोडमा उत्रेका थिए । विद्यालय तोडफोड भएपछि वर्षांैदेखिको अनैतिक गतिविधि’bout जानकारीबाहिर आएको थियो ।

तीन दिनअघि अधिकारकर्मीहरूले सत्यतथ्य बुझ्नका लागि स्थलगत भ्रमण क्रममा पीडित बालिका, बाल क्लबका सदस्य, अभिभावक, विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालयलगायतका सरोकारवालासँग घटना’bout जानकारी लिएका थिए । पीडितहरूले प्रशासनमा तीन शिक्षकको नाम किटानीसहित कारबाहीको माग गर्दै २०७८ साल चैत ७ गते उजुरीसमेत दिइएको र त्यसको न्यायोचित निर्णय नभएको पाइएको स्थलगत रिपोटिङमा सहभागी सिविन नेपाल, बाल हेल्पलाइन नेपाल १०९८ मकवानपुरका व्यवस्थापक झवीन्द्र ज्ञवालीले बताए ।

घटना भएको लामो समय भएको र किटानी उजुरी नै दिएको दुई हप्ता नाघ्दासमेत कानुनबमोजिम हुनुपर्ने कारबाही प्रक्रिया अगाडि बढ्न नसकेकाले सरोकारवाला संवेदनशील नभएको पाइएको स्थलगत रिपोर्टिङमा सहभागी माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । स्थानीय केही सरोकारवालाको धारणा बुझ्दा यस समस्यालाई समाधानका निम्ति स्थानीयस्तरमै मेलामिलापको प्रयास गर्न खोजिएको, अभिभावकले पनि आफ्नै बालिकाहरूलाई नबोल्न दबाब दिएको प्रत्यक्ष देखिएको राडो नेपाल कार्यक्रम संयोजक दीपेन्द्र पाठकले बताए । ‘बालिकाहरूले ज्यान जोखिम’bout बुझ्ने उमेरै भएको छैन तर जोजो अभिभावक जाहेरीका लागि आउनुभयो उहाँहरूको मनमा धेरै त्रास छ, उहाँहरू जोखिममा हुनुहुन्छ ।’ झन्डै एक सयको संख्यामा बालिका पीडित हुँदा केही अभिभावक मात्रै न्यायको लडाइँमा उत्रनु भनेको अभिभावकमा चेतनाको एकदमै कमी रहेको अधिकारकर्मी पाठकले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित