समाजवादी निकट युवा संघका दिपक जिएमले दिए ओलीलाइ चुनाैती

बाँके । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका महासचिव दिपक जिएमले समाजिक संजाल फेसबुकमा एमाले अध्यक्ष केपि वलि लाई आक्रोशपुर्ण चुनौती दिएका छन्।

जिएम लेख्छन् :- “ओलिको बोलिमा कति सत्य कति असत्य !? के साचि यिनको बोलिलाइ समर्थन र विश्वास गर्दै जाने हो भने हाम्रो गन्तव्य कुन र काहा होला? हिजो बाकेमा आएका ओलिले एमाले बाहेक अरु कोहि छैनन भन्न भ्याएछन। सुनेको थिए (एकीकृत समाजवादी) का फलाना पदका भन्दै ९ जनालाइ ओलि आफैले खदा ओढाउदै गरेको म आफैले देखेको छु। बाके जिल्ला कमिटी ३२१ को छ चेतना भया। ओलिलाइ चुनौति दिन्छु तिम्रो (एमाले) नामको प्राइभेट कम्पनि बैषाख ३० पछि नविकरण हुने छैन। तसर्थ ओलि जि अब थोर बहुत कलाकार बटुलेर कमेडि सो चलाउन सुझाव छ।”

नेकपा (एस) बाँके जिल्ला कमिटीका सचिब समेत रहेका जिएमद्वारा हस्ताक्षरित पत्र मार्फत गरिएका केहीलाई (एस) पार्टीबाट कारबाही र निस्कासन गरेकाहरु हिजो ओलिको हातबाट एमालेमा प्रवेश गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 508 times, 1 visits today)

epaper

ताजा समाचार

फुल्चोकी भ्रमणमा मान्छे हराउने घटना बढ्दै गएपछि सावधानी अपनाउन आग्रह