इटहरी गोल्डकप : ट्राइबेकरमा आर्मीलाई पराजित गर्दै सगरमाथाले चुम्यो उपाधि


इटहरी । इटहरीमा जारी १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मोरङको सगरमाथा युथ क्लबले चुमेको छ । शनिबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र सगरमाथा युथ क्लब मोरङबीच भएको खेलमा आर्मीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो ।

खेल अवधिभर दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा आर्मीका तर्फबाट टेकबहादुर बुढाथोकी, विकास खवास र विवेक बस्नेतले गोल गरे । यस्तै, आर्मीका गौतम श्रेष्ठले प्रहार गरेको प्रहार सगरमाथाका गोल किप्परले रोके । यस्तै, आर्मीका सन्तोष तामाङको प्रहार पोस्ट बाहिर गयो । यता, सगरमाथाका लागि अशोक खवास, आशिष लामा, सत्यम शर्मा र मिलन राईले गोल गर्दा गोल किप्पर पिसोको प्रहार पोस्ट बाहिर गयो ।

सुरुदेखि नै दर्शकको साथ पाएको सगरमाथा क्लबले झापा गोल्डकपको बिजेता समेत रहेको आर्मीसँग प्रतिष्पर्धात्मक खेल खेल्दा खेल ट्राइबेकरमा धकेलिएको हो । आर्मीका लागि पटकपटक सन्तोष तामाङले उत्कृष्ट प्रहार गरे । उनले धेरैपटक गोल गर्ने मौका पाएपनि असफल भए । यस्तै, सगरमाथाका लागि आशिष लामाले उत्कृष्ट प्रहार गरेपनि गोल हुन सकेन । सगरमाथा क्लब स्थानीय क्लब भएपनि ए डिभिजनमा सहभागी भएका राष्ट्रिय खेलाडीले भरिपूर्ण भएकाले आर्मीका लागि चुनौती बन्यो ।

खेलको बिजेता सगरमाथा युथ क्लबले नगद सात लाख र ट्रफी हात पा¥यो भने उपबिजेता हुने त्रिभुवन आर्मी क्लबले नगद तीन लाख ५० हजारमा चित्त बुझायो । बिजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कार वितरण गरे ।
खेलको म्यान अफ द म्याच आर्मीका विश्वास चौधरी घोषित हुँदै नगद दस हजार हात पारे । यस्तै, बेस्ट गोल्ड किप्पर सगरमाथाका पिसो घोषित हुँदै नगद पन्ध्र हजार हात पारेका थिए ।

यस्तै, बेस्ट डिफेन्डर त्रिभुवन आर्मीका विकास खवास घोषित भए । यस्तै, बेस्ट मिल्ड फिल्टर आर्मीकै सन्तोष तामाङ घोषित भए । यस्तै, बेस्ट फरवार्ड सगरमाथाका आशिष लामा घोषित भए । बेस्ट कोच सगरमाथाका युबिन गुरुङ घोषित भए । उनीहरूलाई नगद पन्ध्र हजारसहित ट्रफी हस्तान्तरण गरियो ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मीका टंक बस्नेत घोषित हुँदै यामाहाको स्कुटर हात पारे । यस्तै, हाइस्कोरर गर्ने खेलाडी मनाङ–मर्स्याङ्दीका आफिज ओलावाले र सगरमाथाका आवास लामिछाने घोषित भए । उनीहरूलाई नगद दस–दस हजार प्रदान गरियो । यस्तै, उदयीमान खेलाडी राष्ट्रिय जागृति क्लब इटहरीका मनिष भण्डारी घोषित हुँदै ४० इन्चको एलइडी प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 554 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल