Sunday, April 18, 2021
Home प्रमुख अनिर्णयको बन्दी बन्दै यातायात विभाग

अनिर्णयको बन्दी बन्दै यातायात विभाग

,

काठमाडौं । यातायात व्यवस्थापनसम्बन्धी महŒवपूर्ण जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभाग पटकपटक अकर्मण्यतामा फस्दै आएको छ । आवश्यक नीति नियम तथा कानुनको अभाव, विभागको तत्कालीन तथा दीर्घकालीन स्पष्ट नीति र योजनाको कमजोरी तथा विभाग नेतृत्वको समन्वयकारी कमजोर भूमिकाले महŒवपूर्ण जिम्मेवारी बोकेको विभाग अनिर्णय र अकर्मण्यताको सिकार बन्दै आएको हो ।

विभागले पछिल्लोपटक राइड सेयरिङ टुटल र पठाओ बन्द गर्नेसम्बन्धी जारी गरेको सूचना दुई दिन नबित्दै सच्याउनुपरेको थियो । यो एउटै नेतृत्को दोस्रो असफल प्रयास बनेको छ । विभागले २७ फागुनमा विभिन्न प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरूलाई विभिन्न माध्यमबाट आफूखुसी भाडा तोकी सार्वजनिक सवारीको रूपमा प्रयोग गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १२ को उपदफा १ मा भएको कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्न नपाइने भन्दै टुटल पठाओमाथि प्रतिबन्ध लगाउने गरी सूचना जारी गरेको थियो । त्यसको दुई दिन बित्न नपाउँदै विभागले पुनः अर्को सूचना जारी गरेर यससम्बन्धी काम प्रदेश सरकारको भएको र अदालतले समेत फैसला गरिसकेको भन्दै आफ्नै सूचनाको खण्डन गर्दै सच्याउनुपरेको थियो ।

ट्याक्सी व्यवसायीहरूले विभाग घेराउ गर्न साथ विभागले टुटल पठाओ बन्द गर्ने सूचना जारी गरेको थियो भने पुनः टुटल र पठाओ बन्द गर्ने सूचनाको विरोध सुरु भएपछि आफ्नै अघिल्लो सूचनाको खण्डन गर्नुपरेको थियो । उक्त निर्णयलाई कतिपयले विभागको नेतृत्वको कमजोरीका रूपमा औंल्याएका छन् । एक दिनअघि एक ढंगको सूचना प्रकाशित गर्नु र पुनः दुई दिनमा अर्को सूचना जारी गर्नुलाई सामाजिक सञ्जालमा केटाकेटीपनाको संज्ञासमेत दिइएको पाइएको छ ।

दोस्रोपटक सूचना, दुईपटक नै असफल

विभागको महानिर्देशकका रूपमा सहसचिव गोगनबहादुर हमाल नियुक्त भएपछिको २७ फागुनमा जारी गरेको सूचना पहिलो भने हैन । उनै हमालले गत मंसिरमा पनि त्यस्तै सूचना जारी गरेका थिए । विभागले राइड सेयरिङ रोक्ने सूचना जारी गरे पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले टुटल र पठाओलगायतका राइड सेयरिङ नरोक्न निर्देशन दिएका थिए । मन्त्री नेम्वाङले मन्त्रालयमा नै बोलाएर यातायात व्यवस्था विभागका महानिर्देशक हमाललाई डेढ वर्षदेखि सञ्चालन हुँदै आएको टुटल र पठाओ नरोक्न निर्देशन दिएका थिए । उनले ऐननियममा संशोधन गर्नुपर्ने भए प्रतिवेदन बुझाउन निर्देशनसमेत दिँदै प्रतिवेदन नआउन्जेलसम्म पूर्ववत् सञ्चालन गर्न निर्देशन दिएका थिए । तर, विभागले प्रतिवेदन तय गर्ने, सरोकारवालाहरूसँग छलफल गर्ने काममा ध्यान दिएको पाइएको छैन ।

विभाग नेतृत्वको असक्षमता

एउटै किसिमको विवाद दोहो¥याएर उत्पन्न हुनुमा विभाग नेतृत्वको कमजोरी देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली टुटल र पठाओलाई बन्द गर्नुभन्दा पनि नियम बनाएर सञ्चालन गर्नुपर्ने पक्षमा रहँदै आएका छन् । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले टुटल र पठाओमाथि रोक लगाउन खोजेका थिए । त्यसको चर्को विरोध भएको थियो । तर, प्रधानमन्त्री ओलीले तत्कालका लागि सेवा जारी राख्न निर्देशन दिएका थिए । उनले कानुनी मापदण्डमा ल्याएर सञ्चालन गर्न भन्दै तत्काल नरोक्न निर्देशन दिएपछि टुटल र पठाओ सञ्चालनमा आएका थिए ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत मंसिरमा नै टुटल र पठाओलगायतलाई व्यवस्थित गर्न नयाँ कार्यविधि बनाउने जिम्मा पनि विभागलाई दिइसकेको थियो । विभाग नेतृत्वले अब बन्ने कानुनमा यससम्बन्धी व्यवस्था गर्न लागिएको भन्दै पन्छिन खोजेको छ । विभागका महानिर्देशक हमालले संघीय सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको कानुनको मस्यौदामा यससम्बन्धी व्यवस्था गर्न लागिएको जनाएका छन् ।
यसअघि, यस विषयमा अदालतमा मुद्दासमेत परेको थियो । उच्च अदालत पाटनको परामदेशविपरीत विभागले सूचना जारी गरेको थियो । २९ फागुनमा जारी सूचनामा विभागले त्यसलाई उल्लेख गरेको छ ।

यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ यातायात व्यवस्था विभागमा दर्ता छैनन् भने कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएका छन् ।

विदेश भ्रमणमा पनि विवादित

मास स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिमका नाममा सम्बन्धित फाँटभन्दा फरक र मन्त्रालयका उच्च तहका कर्मचारी नै विदेश भ्रमणमा गएर घुमघाम गरेको भन्दै यसअघि विभाग र मन्त्रालयका कर्मचारी विवादित बनेका थिए । लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा प्राविधिक जानुपर्नेमा यसअघिका मन्त्रीका पिए र मन्त्रालयका असम्बन्धित फाँटका उच्च तहका कर्मचारी आफैं गए पनि विवाद उत्पन्न भएको थियो ।

(Visited 165 times, 1 visits today)
Loading comments...

आजको समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

साताका लोकप्रिय समाचार

एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौ । कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन...

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदस्यहरुको संयुक्त हस्ताक्षर सहितको...

ट्रेन्डिङ

मीनी ट्रकको ठक्करबाट नेपालीको मृत्यु

तनहुँ । जिल्लाको शुक्लागण्डकीनगरपालिकामा मीनी ट्रकले ठक्कर दिँदा एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ । ट्रकमा रड अनलोड गर्ने क्रममा पछाडीबाट आएको मिनि ट्रकले...

सरकारको ऐतिहासिक र साहसिक कार्य

आफ्नो मातृभूमिका लागि लड्नु हरेक नागरिकको कर्तव्य हो । हाम्रा वीर पुर्खाहरूले मातृभूमिको रक्षाका लागि हाँसीहाँसी जीवनको आहुति दिएका थिए । तिनै वीर पुर्खाका...

सम्पत्ति विवरण समयमै सार्वजनिक गर

नेपालमा प्रधानमन्त्री तथा मन्त्रीका रूपमा आउने राजनीतिक नेतृत्वले नियमित रूपमा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । यसैगरी राष्ट्रसेवक कर्मचारीले भने हरेक आर्थिक...

लिदीका पहिरो पीडितलाई सुरक्षित स्थानमा राखिँदै

सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको लिदीमा ३९ जनाको ज्यान जाने गरी आएको पहिरोबाट विस्थापितहरुलाई सुरक्षित रुपमा राख्नका लागि गृहकार्य सुरु गरिएको छ । गाउँपालिका र...

लमजुङमा पहिरोले ८ घर पुरिए

लमजुङ । लमजुङको विभिन्न स्थानमा पुनः पहिरोले चल्दा ८ घर पुरिएका छन् भने ७ घरमा लेदो पसेर बस्न नहुने बताएको छ । नोक्सानको पूर्ण...

सरकार र विप्लव समुहबीच आजै दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौँ । नेपाल सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समुहबीच दोस्रो चरणको वार्ता पनि बालुवाटार आजै सकिएको छ । आज बुधबार बिहान पहिलो चरणको...

लन्डनस्थित नेपाली दूतावासले गर्यो चलचित्रकर्मीलाई सम्मान

काठमाडौँ । बेलायतमा क्रियाशिल नेपाली चलचित्रकर्मीहरुलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले उनीहरुलाई...

सुकीका श्रीमानलाई दुरुत्साहन मुद्दा

दैलेख । गएको फागुन २३ मा चार सन्तान सहित कर्णाली नदीमा हेलिएकी आठविस नगरपालिकाकी मृतक सुकीका श्रीमानलाई आत्महत्या दुरुत्साहन मुद्दाको चलाईएको छ । जिल्ला...

नेपाल ट्रष्टको जग्गा लिज निर्णयमा मेरो संलग्नता छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्ट सम्पत्ति व्यवस्थापन सम्बन्धी १३ फागुनमा सार्वजनिक गरिएको विवरणले अनावश्यक भ्रम सृजना गरेको भन्दै आपत्ती जनाएका...

वेपत्ता परिवारको प्रश्न : सरकार सासको आश त छैन, लाश कहाँ छ ?

बर्दिया । ठाकुरबाबा–८ सुतैयाकी जयन्ती शाही गाउँको बाटो भएर कोही मानिस आउँदा हत्तपत्त दैलोमा आउँछिन् । खबर केही आयो कि भन्ने आशमा केही क्षण...

पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण

पाल्पा । पाल्पामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८० जना र माथागढी गाउँपालिकाका थप २ जनामा सङक्रमण...

रौतहटमा १५ वर्षीया बालिका बलात्कृत

रौतहट । बलात्कार आरोपमा स्थानीय फतुवा विजयपुर–४ का ५२ वर्षीय टेकबहादुर चौधरी पक्राउ परेका छन् । आफ्नै सहयोगी १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)