नयाँ वर्ष पहिलो दिन ठोरीमा आगलागी

पर्सा । नयाँ वर्षको पहिलो दिन पर्साको ठोरी गाउँपालिकामा आगलागी भएको छ । नेपालीहरुले खुसी मनाउँदै गर्दा पर्साको ठोरी गाउँपालिकाका जित बहादुर विकको घरमा आगलागी भएको हो ।

विकको घर जलेर नयाँ वर्षको पहिलो दिननै विपत्ति आइलागेको छ । ठोरी गाउँपालिका वडा नम्बर १ का जित बहादुर विकको काठको दुई तले घर बिहिबार मध्यान्ह बिद्युत सर्ट भई जल्दा करिब १५ लाख बराबरको लत्ताकपडा र धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

वीरगन्ज र पोखरियाबाट गएका तीन वटा दमकल र स्थानीय तथा सुरक्षाकर्मीले आगलागी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी विओपि कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर कोइरालाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक