चिसो एस्ट्रे, वायुप्रदूषण र स्वास्थ्यमा असर

काठमाडौंमा दम, क्षयरोग, निमोनिया, छातीरोग, ब्रोङकाइटिस, रुघाखोकी, एलर्जीलगायतका श्वासप्रश्वासका रोगी र त्यसबाट हुने मृत्युदर बढ्दो छ

सन्दर्भ विश्व स्वास्थ्य दिवस

काम गर्नका लागि स्वास्थ्य शरीर र स्वस्थ शरीरका लागि सन्तुलित भोजन खाई व्यक्तिगत सरसफाइ गरेर मात्र नपुगी, हामी बसेको वरिपरि वातावरण पनि सफा सुग्घर हुनुपर्छ । तर, हिजोआज वायुप्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण (कोलाहल), घरभित्रको प्रदूषण जस्ता शब्द आधुनिक जीवनका लागि गम्भीर समस्या बनेर आएका छन् ।

थ्यांक : संयुक्त राष्ट्र संघका अनुसार हरेक १० मध्ये ९ जनाले प्रदूषित हावामा सास फेर्ने भएकाले मृत्युको नम्बर १ कारण वायुप्रदूषण बनेको छ । विश्व स्वास्थ्य संगठनको अनुमानमा प्रत्येक वर्ष वायुप्रदूषणका कारण विश्वभर करिब ७० लाख व्यक्तिको मृत्यु हुन्छ । आईक्यू एअरको सार्वजनिक तथ्यांकमा नेपाल देशमा विश्वमा १०औं र काठमाडौं सहर छैठौंमा पर्नेगर्छ ।

जलवायु परिवर्तनले पृथ्वीको तापक्रम बढ्ने, खडेरी निम्त्याउने, समुद्री सतहलाई बढाउने, जंगलमा आगलागीको बढोत्तरी, सबै प्राणीहरूका स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथ्य हाम्रासामु छर्लंग छ । यसैका कारण भएका स्वास्थ्य समस्याले हरेक वर्ष १ दशमलव ३ करोड जनाको मृत्यु हुने गरेको छ । सन् २०२१ मा मात्रै पीएम २ दशमलव ५ पार्टिकल्सका कारण ५ वर्ष कम उमेर भएका ४० हजार बालबालिकाको मृत्यु वायुप्रदूषणसँग सम्बन्धित रहेको उल्लेख छ ।

राष्ट्रिय मापदण्डभन्दा तीन गुणा बढी धुलोका कण हावामा मिसिएको तथ्यांकले देखाउँछ


बढ्दो तापमान र बाढीजस्ता प्रकोपले करिब २ अर्ब मानिसलाई डेंगुको जोखिममा पार्दै छ । सफा खानेपानीको उपलब्धता नहुँदा ८ लाख बढीले झाडापखालाबाट मृत्युवरण गर्दै छन् । नेपालमा वायुप्रदूषणका कारण बर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुनेगर्छ जब कि २०१८ मा ३७ हजार थियो ।

कारक तथा असर : वायु प्रदूषकमा १० माइक्रोनभन्दा साना धुलोका कण पीएम १०, सल्फरका अक्साइड, नाइट्रोजनका अक्साइड, कार्बनडाइ तथा मोनो अक्साइड, लिड, ओजन, हाइड्रोजन छन् । वार्षिक ५० हजार टनभन्दा बढी घातक प्रदूषित ग्यास थपिन्छन् र अहिले वातावरण क्षेत्र डामाडोल अवस्थामा छ । राजधानीको वायुप्रदूषणको झन्डै आधा हिस्सा सवारी साधनको धुवाँँले लिएको छ । नेपालमा विद्युतीय परिवहन पहिलाको रूपमा चिनियाँ सरकारद्वारा सन् १९७५ मा त्रिपुरेश्वर सूर्यविनायक ट्रलिबस नै थियो ।

धुलोमा मिसिएका सूक्ष्मकण, फोहोरका संक्रमित पदार्थ र हानिकारक सूर्यका किरण उपत्यकामा श्वासप्रश्वास, आँखा, छाला र क्यान्सरसम्बन्धी रोगको प्रमुख ३ कारक बनेका छन् । राजधानीको वायु मण्डलको धुलो धुवाँका कण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा कम हुनुपर्नेमा ५ देखि १५ गुणा बढी र श्वासप्रश्वास संक्रमण गराउने किटाणु कोलिफर्म युनिट मापदण्डभन्दा ५ गुणा बढी सीएफयू रहेको अमृत क्याम्पस र पुल्चोक इन्जिनियरिङको खोजमा छ । धुलोधुवाँका कणले वायुमण्डलको ओजन तह नष्ट गरी सूर्यका हानिकारक विकीरण सिधै आइरहेका छन् जसले आँखा, छाला, मोतिबिन्दु र क्यान्सर बढाइरहेका छन् । जहाँतही थुपारिएका फोहरका डंगुरले सूक्ष्मजीवका बीज बढाइ श्वासप्रश्वास, छालासम्बन्धी रोग लगाउने किटाणु वायुमण्डलमा प्रशस्तै पाइएका छन्, प्रतिरोधी किटाणु पनि पाइएका छन् ।

काठमाडौंमा दम, क्षयरोग, निमोनिया, छातीरोग, ब्रोङकाइटिस, रुघाखोकी, एलर्जीलगायतका श्वासप्रश्वासका रोगी र त्यसबाट हुने मृत्युदर बढ्दो छ । जसले गाउँघरमा हुने ८० वर्षको आयुको आयु, सहरमा ६० वर्षमा समेत घटाएको छ । त्यसैमा भौगोलिक बनोटले उपत्यका चिसो एस्ट्रे हो र प्रदूषण लामो समयसम्म रहिरहन्छ । तसर्थ जहाँतही फोहर नफ्याक्ने, नथुपार्ने, जैविक फोहर छुट्याउने र फोहरको उचित व्यवस्थापन, प्रदूषण नियन्त्रण र घामबाट बच्ने उपाय हरेक तहबाट अविलम्ब थालिनुपर्छ । वायुप्रदूषणको मूल समस्या यहाँको हावामा अत्यधिक मात्रामा रहने धुलाका मसिना कण पीएम १० हुन र टाँसिएर रहने तथा मानिसले सास फेर्दा शरीरभित्र प्रवेश गरी दम, खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी समस्याका साथै क्यान्सरसम्म हुनसक्छ ।

उपत्यकामा धुलोमा मिसिएका सूक्ष्मकण, फोहोरका संक्रमित पदार्थ र हानिकारक सूर्यका किरण श्वासप्रश्वास, आँखा, छाला र क्यान्सरसम्बन्धी रोगको प्रमुख कारक हुन्


अधिकांश सहरका भागमा वायुप्रदूषण विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ५ गुणा र राष्ट्रिय मापदण्डभन्दा ३ गुणा बढी धुलोका कणहरू हावामा मिसिएको तथ्यांकले देखाउँछ । अझै जाडोयाममा धुलोका कण वायुमण्डलको तल्लो भागमै रहने, इट्टाभट्टाद्वारा निकालिने धुवाँँ, इट्टा, बालुवा बोक्ने सवारी साधन चौबिसै घण्टा गुड्ने, अत्यधिक ट्राफिक घनत्वका कारण छोटो दूरीमा समेत धेरै समय सडकमा बिताउनुपर्ने, सवारी साधन विशेषगरी सेता र राता नम्बरप्लेट बाहनद्वारा निस्कने विशाक्त कालो धुवाँँ हिउँदमा एक महिनासम्म वायुमण्डलमा रहन्छन् भने वर्षामा पानीद्वारा तल्लो सतहमा, पानी, जमिनमा, खोलानालामा घुल्दछन् । धुलो, धुवाँ र विशाक्त तŒवहरू आँखा, मुख, छाला, नाक र शरीरमा प्रवेश हुने कारणले उत्पन्न हुने स्वास्थ्य समस्यामा आँखा दुख्ने, आँखा पाक्ने, दम, ब्रोङकाइटिस, निमोनिया, लहरेखोकी, रुघाखोकी, फोक्सोमा क्षति, अर्बुद रोग पर्दछन् । किराफट्यांग्रा र धुलो आँखामा परी दुर्घटना हुनसक्छ । श्वास प्रश्वासजन्य रोगीहरू झन् ग्रस्त हुन सक्दछन् ।

मापन : एआर क्वालिटी इन्डेक्स
सामान्यतः शून्यदेखि ५० सम्मको एक्यूआई एअर क्वालिटी इन्डेक्स सन्तोषजनक मानिन्छ र १ सय ५० भन्दा बढी अस्वस्थ तथा १ सय ५० देखि २ सय हुँदा संवेदनशील र मानिसलाई असर गर्ने र २ सय १ देखि ३ सय सबै उमेरका मानिसको स्वास्थ्य जोखिम बढाउने तथा ३ सय १ देखि माथिको मानलाई आपत्कालीन अवस्था बताइन्छ । मापदण्डमा हावामा पीएम २ दशमलव ५ को मात्रा प्रतिघन मिटरमा ५ माइक्रोग्राम वा सोभन्दा कम हुनुपर्छ ।

वातावरण र प्रदूषण : मानव शरीरका लागि नभई नहुने तत्व अक्सिजनका लागि हरेक मानिसले एक दिनमा करिब २२ हजारपटक सास फेर्दछ जसको लागि २५ किलो शुद्ध हावा जरुरत पर्दछ । शुद्ध हावामा हानिकारक पदार्थ मिसिन गई जीवजन्तु वा बोटविरुवामा नराम्रो असर पर्ने स्थितिलाई वायुप्रदूषण भनिन्छ । वायुप्रदूषणमा हावाले उडाउने धुलो, फूलका परागकण, ज्वालामुखी आदि प्राकृतिक प्रदूषण पर्दछन् भने मानव सिर्जित वायुप्रदूषणमा बढ्दो सवारी साधन, गुणस्तरहीन पेट्रोलियम पदार्थ, मर्मतसम्भारविहीन सवारी साधन, अव्यवस्थित र साँघुरा सडक, सयौं उद्योगको धुवाँ, घरमा दाउरा बाल्दा निस्कने धुवाँ, इट्टाभट्टा आदि पर्दछन् ।

वातावरण संरक्षण ऐन २०५३ को दफा २ अनुसार वातावरण भन्नाले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणाली आर्थिक तथा मानवीय क्रियाकलाप र यिनीबीचको अन्तक्र्रिया तथा अन्तरसम्बन्ध बुझ्नुपर्छ । त्यसैगरी प्रदूषण भन्नाले वातावरण प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय ह्रास आई क्षति पु¥याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि नोक्सानी पु¥याउने क्रियाकलाप सम्झनुपर्छ । त्यसैगरी, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा २ को (१२) अनुसार प्रदूषण भन्नाले सवारीबाट निस्कने ध्वनि वा धुवाँको प्रदूषण सम्झनुपर्छ । सामान्यतः स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने तत्वलाई प्रदूषण भनिन्छ । वायुप्रदूषण, जल प्रदूषण, ध्वनि प्रदूषण, भूमि प्रदूषण र दृश्य प्रदूषण गरी प्रदूषणलाई प्रमुखतया ५ वर्गमा वर्गीकरण गर्न सकिन्छ । तर, सवारी साधनबाट हुने मुख्य प्रदूषणमा वायु, ध्वनि र दृश्य प्रदूषण पर्दछन् ।

राष्ट्रिय स्वास्थ्य नीति, जनस्वास्थ्य सेवा ऐन, नेपाल स्वास्थ्य क्षेत्र रणनीतिलगायतले वातावरणीय स्वास्थ्यलाई सम्बोधन गरेको छ । सन् २०२१ मा ग्लास्गोमा भएको संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलनमा जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने असरलाई सम्बोधन गर्दै जलवायु उत्थानशील र न्यून कार्बन स्वास्थ्य प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि नजनाएको हैन तर व्यवहारमा देखिँदैन ।
एक्यूआईको वार्षिक प्रतिवेदनले भने झंै विद्युतीय सवारीको प्रयोगसँगै वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिँदै उत्सर्जन घटाउन वन व्यवस्थापन कार्ययोजना, डढेलो व्यवस्थापनमा जोड गर्न ढिलो भइसकेकाले सरोकारवाला सबै सचेत बन्दै व्यवहारतः आज होइन अहिलेदेखि लाग्न सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 309 times, 1 visits today)

epaper

ताजा समाचार

गृहमन्त्री गुरुङले दिए राजीनामा