स्याङ्जामा जिप दुर्घटनामा ५ जनाको मृत्यु, ६ घाईते


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आज बिहान साढे १० बजे ग १ ज ७३९९ नम्वरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु प्रहरीले जनाएको छ । जीपमा कति सवार थिए भन्ने खुल्न सकेको छैन । प्रहरीले घट्नास्थलबाट ११ जनाको उद्धार गरेकोमा ९ जना घाइते र ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पदमराज थापाले जानकारी दिए ।

घाईते ६ जनाको वालिङ स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । जिप डाँडाखर्कबाट वालिङ आउनेक्रममा दुर्घट्ना भएको र जिप कसरी दुर्घट्ना हुन पुग्यो भन्ने बिषय अहिले खुलेको छैन । घाईते र मृतकलाई स्थानीय र वडाप्रहरी कार्यालयले उद्धार गरेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । थप विवरण आउन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 666 times, 1 visits today)

epaper

ताजा समाचार

लमजुङमा पहिरोले धन्सार पुरिँदा एकै परिवारका चारजना घाइते