महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफांटा नगरपालिकामा आफ्नै श्रीमती माइत गएको झोकमा एक जना ब्यक्तीले आफ्नै खुट्टा छिनालेका छ्न् ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका ४० वर्षीय गणेश लुहारले आफ्नै खुट्टामा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका छन् । उनको गोलिगाठोबाट खुट्टा छिनिएको छ ।
लुहारले लामो समयदेखि पत्नीलाई कुटपिट गर्दै आएको र असह्य भएपछि पत्नी बेदकोट नगरपालिका स्थित धरमपुरस्थित माइत गएकी थिइन् । आइतवार ससुराली मै पुगेर लुहारले पत्नीमाथि थप कुटपिट गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।
श्रीमतीलाई घर फर्काउन ससुराली गएका लुहारले फकाउदा पनि नमानेपछि निर्घात कुटपिट गरेको प्रहरी निरीक्षक सिंहले बताए । फकाउदा पनि श्रीमतिले नमानेको झोकमा घर नजिकैको छिमेकी बीरा लुहारको हेन्डपम्पमा खुट्टा राखेर आफैँले बन्चोर प्रहार गरेको स्थानीयले बताएका छन् ।
घाइते लुहारको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।