काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर बालुवाटार फर्किएका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
मिर्गौला प्रत्यारोपणका क्रममा प्रधानमन्त्री ओली १२ दिन त्रिवि शिक्षण अस्पतालमा बसेर शुक्रबार साँझ बालुवाटार फर्किएका थिए । प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष दाहाल शनिबार बिहान बालुवाटार पुगेका थिए ।
भेटका क्रममा दाहालले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति’bout जानकारी लिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले ठीक छ ।
मिर्गौला प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको जानकारी दाहाललाई गराइएको छ ।
सो क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच समसामयिक राजनीतिक गतिविधि’bout सामान्य छलफल भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।
दाहालले पछिल्लो राजनीतिक अवस्था’bout ओलीलाई जानकारी गराएका छन् । ओलीको स्वास्थ्य’bout जानकारी लिन अन्य नेताहरूसमेत बालुवाटार पुगेका छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि आराम गरिरहेका ओलीलाई धेरै मान्छेसँग भेटघाट गर्न दिइएको छैन । शीर्ष नेता, सचिवालयका सदस्य, चिकित्सकबाहेक अन्यलाई भेटघाट गर्नमा कडाइ गरिएको छ ।