हल्काराबाट अन्तराष्ट्रिय फेस्टिबलमा छानिए महेश

काठमाडौं । अमेरिकाको तेश्रो पुरानो फिल्म फेस्टिबल ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ नेपाली फिल्म ‘हल्कारा’ चयन भएको छ । यो फिल्म फेस्टिबल अमेरिकामा बुधबारबाट सुरु भएको छ । यही महोत्सबमा नेपाली चलचित्र हल्कारा चयन भएको हो ।

अमेरिकाको टेक्सासमा अप्रिल २० देखि २४ सम्म हुने फेस्टिभलमा ‘हल्कारा’ २३ तारिखमा प्रिमियर हुनेछ । नेपाली चलचित्र यो महोत्सबमा चयन भएसँगै यसका अभिनेता महेश उत्कृष्ट अभिनेताको मनोनयनमा पर्न सफल भएका छन् । फेस्टिभलले सामाजिक सञ्जालमा सो खबर सार्वजनिक गरेको छ ।

यो फेस्टिभलमा उत्कृष्ट अभिनेताको विधामा अमेरिकी अभिनेता बेन गेविन, बेलायती अभिनेता ओलिवर ली र नेपाली अभिनेता महेश त्रिपाठी मनोनयनमा परेका हुन् । अवार्डको लागि यी तीन अभिनेताबीच प्रतिस्पर्धा हुने भएको छ । यो लघू चलचित्र एउटा हुलाकीको सँघर्षमा आधारित छ ।

कालीपार स्टुडियो र आइसफल प्रडक्सनले निर्माण गरेको यस फिल्मका निर्माता रामकृष्ण पोखरेल हुन् । महेशसहित बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षत्री, विद्या कार्कीको यो चलचित्रमा अभिनय रहेको छ । यो फिल्मलाई विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
वडाको विकासका लागि उत्तमरत्नको उपाय यस्तो छ