रात्रीकालीन बजार लगाउने नाममा ढाँट्यो उपमहानगरले


इटहरी । रात्रीकालीन बजार लगाउने नाममा इटहरी उपमहानगरपालिकाले ढाँटेको छ । ०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि इटहरी उपमहानगरपालिकाको ३० औँ कार्यपालिकाको बैठकले रात्रीकालीन बजार लगाउने निर्णय गरेको थियो । बजार लगाउने नाममा उपमहानगरले विभिन्न मितिमा २२ लाख बढी रकम खर्च गरे पनि हालसम्म रात्रीकालीन बजारको उपलब्धि शून्य छ ।

०७५ सालभित्रै रात्रीकालीन बजार लगाइने बताइएको भएपनि ०७६ भदौ ३१ गते उपमहानगर परिसरमा पत्रकार सम्मेलन गर्दै उपमेयर लक्ष्मी गौतमले भनेकी थिइन्, ‘विगतमा हामीले जनतालाई ढाट्यौँ, अब काम गरेर देखाउछौँ, शान्ति सुरक्षाको प्रबन्ध हुन्छ, यहि कात्तिक भित्रमा इटहरीमा रात्रीकालीन बजार लगाउने गरी काम अगाडि बढाउँछौँ ।’

इटहरीमा रात्रीकालीन बजार अलपत्र
२२ लाख खर्च, उपलब्धि शून्य


२०७६ कात्तिकभित्रमा इटहरीमा रात्रीकालीन बजार लगाउनेगरी तयारी थालिएकाले चाँडै सम्पन्न हुने बताइएको थियो । तर, हालसम्म रात्रीकालीन बजारको नाममा २२ लाख ४ हजार ५७८ रुपैयाँ खर्च गरिसकिएको छ भने उपलब्धि शून्य छ । इटहरी ४ मा रहेको आइत’boutदेखि टेलिकमसम्म करीब १ किलोमिटर क्षेत्रमा रात्रीकालीन बजार लगाउने गरी ‘रात्री बजार सञ्चालन व्यवस्थापन समिति’ भनेर कृष्ण भट्टराईको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिएको थियो । उनले रात्रीकालीन बजार लगाउने काम भएपनि पूर्णता नपाएको स्वीकार गरे ।

‘राम्रो प्लानिङ पनि भएन, कोभिड भएका कारण रात्रीकालीन बजार लाग्न सकेन,’ उनले राजधानीसँग भने, ‘केके काम गरियो भन्ने पनि बिर्सिसकियो, त्यही पनि १२ लाख बराबरको काम भएको छ ।’ उनले हालसम्म १२ लाख बराबरको काम भएको बताए । जबकि, इटहरी उपमहानगरले भने हालसम्म दुई फरकफरक मितिमा २२ लाख ४ हजार ५७८ रुपैयाँ भुक्तानी गरिसकेको छ । इटहरी उपमहानगर स्रोतका अनुसार ०७६ असोज १२ गते १० लाख ४ हजार २०६ रुपैयाँ (चेक नं. १००५२४१११) रहेको छ । यस्तै, ०७६ पुष २९ गते १२ लाख ३७२ रुपैयाँ (चेक नं. १०३३८७१०७) रहेको छ । यसरी दुईपटक गरी उपमहानगरपालिकाले सो रकम भुक्तानी गरेपनि भट्टराईले हालसम्म १२ लाख बराबरको मात्रै काम भएको दाबी गरे । (अडियो सुरक्षित छ ।)

उनका अनुसार त्यसबेला रात्रीकालीन बजार लगाउने भनिएको क्षेत्रमा १० वटा सौर्यबत्ती जडान, ८ वटा सीसी क्यामेरा जडान, बस्नका लागि फलैँचा तथा रुखहरुमा रंगरोगन गरेको थियो । उपमहानगरले ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेपनि २२ लाख रुपैयाँ बढी भुक्तानी भएपछि काम अगाडि बढेन ।

‘इटहरीको रात्रीकालीन बजार ८ बजे नै बन्द हुन्छ, बाहिरबाट आउने मानिसहरुले एउटा ब्रस किन्ने ठाउँ पनि हुँदैन,’ भट्टराई भन्छन्, ‘रात्रीकालीन बजारका कारण यहाँको आर्थिक वृद्धिमा सपोर्ट पुग्छ, बाहिरबाट आउने मानिसलाई होल्डिङ सेन्टर पनि हुन्छ भन्ने योजनाअनुरुप बजार लगाउन खोजिएको थियो, तर कोरोनाका कारण सम्भव भएन ।’

रात्रीकालीन बजार लगाउनुअघि इटहरीको बुध’bout, संगीत चोक, काव्यबाटिका क्षेत्र र आइत’bout क्षेत्रको अनुगमन गर्दा आइत’boutमा सुरक्षाको प्रत्याभूति हुने भएकाले यहाँ बजार लगाउने उपमहानगरले निर्णय गरेपनि प्लानिङ राम्रो नहुँदा बजार नलागेको उनको दाबी छ ।
यता, इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले रात्रीकालीन बजार लगाउनका लागि काम अगाडि बढेपनि कोरोनाका कारण सम्भव नभएको प्रतिक्रिया दिइन् । ‘काम अगाडि बढेकै हो, सटर लिएर प्रहरी बिट राख्ने भनिएको थियो,’ उनले राजधानीसँग भनिन्, ‘कोभिडले गर्दा दिउँसोको बजार नै बन्द भयो, कसरी रात्रीकालीन बजार लगाउने ।’ उनले यसवर्षको चालू खर्चमा बजेट बिनियोजन गर्न सकिने भएपनि चुनावको वर्ष भएका कारण बिनियोजन नगरिएको बताइन् ।

यता, होटल व्यवसायी संघ इटहरीका अध्यक्ष तथा पर्यटन व्यवसायी जीवन पराजुलीले पर्यटन क्षेत्रको प्रवद्र्धन हुने किसिमले योजना बनाएपनि बालुवामा पानी भएको तर्क गरे । उनले भने, ‘पालिकाले जुन भिजन ल्याएको थियो, त्यो राम्रो हो । तर, एउटा पर्यटनको वा व्यवसायीको विज्ञ टिमसँग समन्वय गर्नुपथ्र्यो, अहिले रात्रीकालीन बजारको अवधारणाले खुशी भएका व्यवसायी निराशामा परिणत भए ।’ उनले आफूहरुले तिरेको करबाट रात्रीकालीन बजारका नाममा उपलब्धिमूलक लगानी गरेको बताए । रात्रीकालीन बजारले आगन्तुक पर्यटकहरू भित्र्याउने लक्ष्य लिइएपनि उपमहानगरले बजेट मात्रै खर्च गरेकाले अहिले व्यवसायीहरुले आफूलाई उपमहानगरले ढाँटेको बताउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 615 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन