फिल्म साउथ एशिया ‘लङगिङ’ उत्कृष्ट

काठमाडौं । ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा ८ वैशाखदेखि शुरू हुने वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया–२०२२’ अवार्ड प्रदान गर्दै आईताबार अबेर साँझ सम्पन्न भएको छ । महोत्सबमा दक्षिण एशियाका आठै देशका ७१ वटा वृत्तचित्र प्रदर्शन गरियो ।

यो महोत्सबमा भारतीय वृत्तचित्र ‘लङगिङ’ उत्कृष्ट हुँदै रामबहादुर ट्रफी जित्न सफल भएको छ । साढे सात दशकअघिको लन्डन ओलम्पिकमा स्वर्ण पदक विजेता भारतीय हकी खेलाडीको कथामा यो बृत्तचित्र बनेको थियो । भारत स्वतन्त्र भएपछि त्यहाँको हकी टोलीले सन् १९४८ को लन्डन ओलम्पिकमा इङ्ल्यान्डलाई पराजित गर्दै स्वर्ण पदक जितेको कथा यो बृत्तचित्रमा उल्लेख गरिएको छ ।

त्यो स्वर्ण पदक विजेता टोलीका खेलाडी नन्दी सिंहलाई ६ दशकपछि मस्तिष्कघात भयो । ८४ वर्षीय सिंहको जीवनको आरोह अबरोहको कथा समेटेर यो बृत्तचित्र बनाईएको थियो । बानी सिंहले निर्देशन गरेको त्यही वृत्तचत्रि लङगिङले ‘फिल्म साउथएशिया २०२२’ को ट्रफी जितेको छ ।

महोत्सबमा आइशा अब्राहम, सुमथी शिवमोहन र छिरिङ रितार शेर्पा रहेको निर्णायक टोलीले उत्कृष्ट वृत्तचित्र चयन गरेको हो । निर्देशक विभूषण बस्नेत र पूजा गुरुङको सँयुक्त निर्देशनमा तयार भएको बृत्तचित्र ‘द बिग हेडेड बोई, सेमन्स एन्ड समुराइ’ले यो महोत्सबमा बेस्ट जुरी अवार्ड हाँसिल गरेको छ ।

यसैगरी नेपालका प्रदीप ढकालको निर्देशनमा तयार भएको बृत्तचित्र ‘गाइने’ यसपटक उत्कृष्ट स्टुडेन्ट अवार्ड जितेको छ । यो बृत्तचित्र गाईनको सँघर्षमा केन्द्रित थियो ।

यो महोत्सबमा द प्लानेट पिपुल्स डकुमेन्ट्री फेलोसिप अवार्ड चलचित्र निर्देशक अनम अब्बासले पाएकी छन् । यूएनडीपीले उनलाई यो फेलोसिप अन्तर्गत पाँच हजार अमेरिकी डलर प्रदान गरेको छ ।

यसपटक उत्कृष्ट डेब्यु अवार्ड आशिषकुमार नायक र विशाल रोका मगरद्धारा निर्देशित बृत्तचित्र इन टु द सी र गोर्खा गर्लले पाए । यससँगै बालबालिका विधामा अक्ष प्रदीप इग्नेको महल्लीज स्कूलले अवार्ड पनि हाँसिल गरेका छन् । यी अवार्ड प्रदान गर्दै चार दिने यो महोत्सब आईतबार बेलुकबाट सकिएको छ ।

आयोजक पक्षका अनुसार महोत्सव शुरू भएको २५ वर्ष पुगेको छ । सन् १९९७ मा पहिलो महोत्सवका लागि १३५ वृत्तचित्र आएका थिए। जसमध्ये प्रदर्शनका लागि ५५ वृत्तचित्र छनोट भएका थिए।

वैशाख ८ देखि ११ गतेसम्म आयोजना गरेको यो महोत्सबमा आठ देशका तीन हजार भन्दा बढी बृत्तचित्रबाट ७१ बृत्तचित्र छनिएको आयोजक संस्थाले जनाएको छ । यसपटक महोत्सबमा निकै उत्कृष्ट बृत्तचित्रहरु आएको महोत्सवकी निर्देशक मितु वर्माले बताईन् । सबै वृतचित्रले सन्देश बोकेको र अवार्ड जित्न लायकको रहेको पनि उनले प्रकाश पारिन् ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा