सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदी, उपमेयरकी उमेदवार हिमला गुरुङ र अटो व्यवसायीहरु बीच बिहीबार छलफल भएको छ । तीन पांग्रे अटोलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा छलफल भएको हो ।

भरतपुर महानगरमा अटो सञ्चालनको विषयमा चार वर्षअघि भएको अटो व्यवसायीहरुको आन्दोलनमा क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका थिए । अटो सञ्चालनको विषयमा महानगरले गरेको निर्णयप्रति व्यवसायीहरु अझै पनि असन्तुष्ट छन् ।

व्यवसायीहरुले अटोमा लगाउदै आएको कर न्युनिकरण गर्नुपर्ने, झन्झटिलो लाइसेन्स प्रक्रियालाई सहज बनाउनुपर्ने र महानगरको मुख्य सडकमा पनि अटो चलाउन पर्ने माग राखेका छन् । त्यस्तै, ट्राफिक प्रहरीले साना ठूला सबै सवारी साधनलाई एकै रुपमा जरिवाना लगाउने गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाए ।

मेयरका उमेदवार सुवेदीले आफु मेयरमा निर्वाचित भएपछि भरतपुरमा नयाँ अटो थप्न नदिने र भएकालाई व्यवस्थित रुपमा सञ्चालनको व्यवस्था मिलाउने बताए । ‘नगर प्रमुखमा निर्वाचित भएपछि यहाँ सिमित संख्यामा मात्रै अटो चलाउन मिल्नेगरी व्यवस्थित गर्छु’, उनले भने ।
भरतपुरमा सवारी साधनलाई व्यवस्थित गर्न सबै ठाउँमा सिसि क्यामरा जडान गर्ने उनले बताए । सबै जनता कार चढ्न नसक्ने रहेको भन्दै उनले अटोलाई नै व्यवस्थित रुपमा सञ्चालन गरिने बताए ।

अटो व्यवसायले धेरै नागरिक स्वरोजगार समेत बनेको उनको भनाइ छ । भरतपुरमै रोजगारीको सिर्जना गरेर वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने उनले प्रतिबद्धता जनाएका छन् । ‘वैदेशिक रोजगारमा जाने वातावरणको अन्त्य गर्नपर्छ । भरतपुरमै रोजगार सिर्जना गर्ने वातावरण बनाउँछु’, उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेन साह केशव स्थापित भन्दा २९४२ मतले अगाडी