डीएसपीमा बढुवा भएका ७२ जनालाई दज्र्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षकबाट नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका ७२ जनालाई बिहीबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित एक समारोहबीच दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

समारोहमा बोल्दै महानिरीक्षक केसीले पदोन्नत्ति वृत्तिविकासको महŒवपूर्ण पाटोका रूपमा रहेको चर्चा गर्दै जिम्मेवारीका क्षेत्रमा परिचालन हुँदा अझै बढी अनुशासित, लगनशील र इमानदारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशील रहन निर्देशन दिए ।

नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको १५ वैशाखको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उप–समूहका १० जना, साधारण समूह कानुन उपसमूहका दुई जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षक सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवा भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

epaper

ताजा समाचार

लालबन्दीमा नेपालकै पहिलो मर्यादित महिनावारीमैत्री वडा घोषणा