गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि


काठमाडौं । पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् ।

संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा) सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा तथा मंगलबार (२० वैशाखमा) प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ ।

बुधबार (२१ वैशाखमा) भने संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशको काठमाडौंमा संयुक्त चुनावी सभा हुने भएको हो । यही ८ वैशाखमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धन दलहरूको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयुन्त्रको बैठकले संयुक्त चुनावी सभाको कार्यतालिका तय गरेको थियो । गठबन्धन दलहरूले अधिकांश ठाउँमा निर्वाचनमा तालमेल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 542 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ