उत्तेजित भएर प्रतिवाद गर्दा स्थापितमाथि प्रश्न

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएका केशव स्थापित सर्वाधिक चर्चामा छन् । उनी आफ्नै अभिव्यक्तिका कारण चर्चामा आएका हुन् । उनको अभिव्यक्तिलाई लिएर ४५ वटा महिला अधिकारवादी संघ संगठनले कारबाही गर्न माग गरिसकेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भावना राउतको प्रश्नपछि उत्तेजित हुँदै स्थापितले दिएको अभिव्यक्तिलाई ती संघ संगठनले महिलालाई होच्याउने, चरित्र हत्या गर्ने र असंवेदनशील भएको रूपमा टिप्पणी गर्दै आएका छन् ।

स्थापितले कार्यक्रममा भनेका थिए, ‘यु आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन । यो बहिनीले बेश्यावृत्ति गर्छ भनेर म पनि छपाउँ ? राउतले स्थापित यौन दुव्र्यहारको आरोपमा मुछिएको प्रसङ्ग जोड्दै महिला सुरक्षासँग जोडिएको प्रश्न गरेकी थिइन् ।

यस्तै, स्थापितसँग एउटै मन्च शेयर नगर्न पनि कतिपय महिला अधिकारकर्मीहरूले कांग्रेसबाट प्रमुख पदकी उम्मेदवार सिर्जना सिंह र विवेकशील साझा पार्टीकी उम्मेदवार समीक्षा बास्कोटालाई सुझाउन थालेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 515 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स