टीकापुर क्षेत्रमा दुई पक्षीय प्रतिष्पर्धा


टीकापुर । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कैलालीको टीकापुर नगरपालिका र टीकापुर नगरपालिकासँगै जोडिएको जानकारी गाउँपालिकामा दुई पक्षीय प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

ती दुई पालिकामा सत्ता गठबन्धन र रेशम चौधरीको भर्खरै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीबीच मुख्यतया प्रतिष्पर्धा हुने देखिएका हो । पार्टी फुटका कारण तथ्यांकका आधारमा एमाले ती पालिकामा तेस्रो देखिएपनि टीकापुरमा एमालेले जित्ने दाबी गर्दै आएको छ ।

टीकापुर नगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट काँग्रेसका नवराज रावल, नेकपा एमालेले श्याम खत्री र नागरिक उन्मुक्ति पार्टीबाट रामलाल डगौरा थारूलाई नगरप्रमुखको उम्मेदवार बनाइएको छ । उनी २०७४ को निर्वाचनमा माओवादीबाट टीकापुर नगरपालिका ७ को वडा अध्यक्षमा निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका ललितबहादुर थापाले यसपटक स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जानकी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली काँग्रेस परशुराम महतो, नेकपा एमालेका तर्फबाट टेकबहादुर बम र नागरिक उन्मुक्ति पार्टीबाट पत्रकार गणेश चौधरी उम्मेदवार बनेका छन् । नागरिक उन्मुक्ति पार्टीले उन्मुक्ति पार्टीले धनगढी उपमहानगरपालिसहितका १० वटा स्थानीय तहमा उम्मेदवारी दिएको पार्टीका प्रबक्ता दामोदर पण्डितले बताए ।

उनले नागरिक उन्मुक्ति पार्टीले १३ वटा स्थानीय तहमध्ये तीनवटा बाहेकका १० वटा स्थानीय तहमा उम्मेदवारी दिएको बताउँदै आफ्नो पार्टीको प्रमुख प्रतिष्पर्धीका रुपमा गठबन्धनसगै एमाले पनि रहेको बताए ।

प्रबक्ता पण्डितले कैलालीको टीकापुर, भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिकमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारको जित सुनिश्त हुने बताउँदै आशिंक रुपमा लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा पनि नागरिक उन्मुक्ति पार्टीले जित्ने दाबी गरे ।

२०७२ भदौ ७ गते टीकापुरमा घटेको घटना बिशुद्ध राजनीतिक हो सो घटनालाई अपराधिकरण बनाइयो, निर्दोषलाई थुन्ने काम भयो त्यही ऐजेण्डा लिएर जनता समक्ष गएका छौं उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य समेत रहेको पण्डितले भने ।

कैलालीको टीकापुर नगरपालिकामा कांग्रेसको तर्फबाट गठबन्धनका साझा उम्मेदवार बनेका नवराज रावल टीकापुर मात्र नभई अन्य स्थानीय तहमा गठबन्धनको कसैसँग प्रतिस्पर्धा नै नहुने दाबी गर्छन् ।

यहाँ गठबन्धनको प्रतिस्पर्धा कसैसँग हुदैन् कांग्रेस एक्लै पनि २०७४ पछि झन बलियो बनेको छ । तर, अहिले गठबन्धनमा रहेका दलहरू समेत साथमा रहेकाले गठबन्धनको जित सुनिश्चि भएको रावलले दाबी गर्दै भने ।

टीकापुर बसेर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार एकेन्द्र तिमिल्सेनाका अनुसार कैलालीको पूर्वी क्षेत्रमा रहेका स्थानीय तहमा गठबन्धन, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुनेछ । टीकापुरलाई आधार क्षेत्र बनाएर कैलालीको पूर्वी क्षेत्रमा उन्मुक्ति पार्टीको पनि संगठन विस्तार भइसकेकोले गठबन्धनसहितका दललाई सो पार्टीले चुनौती दिने जनाइएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा एमालेका तपेन्द्र रावल नगरप्रमुखमा ५ हजार ९ सय ५९ मत ल्याएर विजयी हुँदा उनका प्रतिष्पर्धी मधेशी जनअधिकार फोरमका लौटन चौधरीले ५ हजार ५ सय १० र माओवादी केन्द्रका ललितबहादुर थापाले ५ हजार ५ सय ३४ मत ल्याए तेस्रो भएका थिए । मधेशी जनअधिकार फोरम काँग्रेस विलय भई सकेको छ ।

जानकी गाउँपालिकामा २०७४ को स्थानीय तहको निर्वाचनमा मधेशी जनअधिकार फोरमबाट प्रदितपकुमार चौधरीले ५ हजार ६७ मत ल्याएर विजयी भएका थिए । काँग्रेसका सूर्य बटालाले ४ हजार ३० मत ल्याएर दोस्रो हुँदा माओवादीका फुलराम डगौराले ३ हजार ६ सय ९९ ल्याएर तेस्रो र एमालेका जगत चौधरीले ३ हजार ३ सय ९२ मत ल्याएर चौथो भएका थिए । जानकी गाउँपालिकाका निर्वाचित चौधरी हाल नेपाली काँग्रेसमा छन् ।

टीकापुर घटनाका योजनाकारको आरोप लागेका रेशम चौधरी २०७४ को निर्वाचनमा राजपाबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मताअन्तरले निर्वाचित भएका थिए । भूमिगत भएको धेरैपछि समयपछि उनले आफैं अदालतमा गएर आत्मसमर्पण गरेका थिए ।

जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी कारागार चलान भएका थिए । पछि उच्च अदालत दिपायलले पनि जिल्लाकै फैसला सदर गरेको थियो । दुईवटै अदालतको आदेशले पूर्पक्षका लागि काठमाडौंको डिल्लीबजार कारागारमा रहेका चौधरीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

तपाइको प्रतिक्रिया
(Visited 428 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडाको विकासका लागि उत्तमरत्नको उपाय यस्तो छ