सुरक्षा संवेदनशीलतालाई ध्यान दिन गृहमन्त्रीको निर्देशन

बुटवल । रुपन्देहीको सुरक्षा अधिकारीहरुको वैठक सम्पन्न भएको छ । गृहमन्त्री बालकृष्ण खांणको सहभागिता र रुपन्देही नवलपरासी र कपिलवस्तुका सुरक्षा अधिकारीहरुको सहभागिमा बैठक सम्पन्न भएको हो । सुरक्षा निकायको बैठकमा बोल्दै गृहमन्त्री खांणले सुरक्षा व्यवस्था चुुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिए । मन्त्री खाँणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदान स्थलमा खटिएका कर्मचारी लगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिए । उनले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्ला जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान आग्रह गरे ।

रुपन्देहीमा तिन जिल्लाका सुरक्षा अधिकारीको वैठक


मतदानस्थल, मतपेटिकको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्दै मन्त्री खाँणले भने ‘समन्वय, सहकार्य सबैभन्दा महत्वपूर्ण हुन्छ, तपाइँहरुमा यो हुन जरुरी हुन्छ ।’ उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रहरुको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन समेत दिएका छन् । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता थियो ।

यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपालप्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो । रुपन्देहीका प्रमु्ख जिल्ला अधिकारी क्रषि तिवारीले चारवटै सुरक्षा निकाय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्था’bout जानकारी गराएको बताए । साथै सुरक्षा अधिकारीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए । सोहि अवसरमा गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनका लागी भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक ब्यबहार गर्न निर्देशन दिए । उनले अस्थायी भर्ना गरीए पनि म्यादी प्रहरीको भुमीका महत्वपुर्ण रहेको र उनिहरुलाई काममा लगाउदा सिष्ट र भद्र ब्यबहार गर्न आग्रह गरे ।

रुपन्देहीमा ६३ मतदान स्थल अति संवेदनशील

जिल्ला निर्वाचन कार्यालयका अनुसार रुपन्देहीमा २०८ मतदान स्थल कायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जनकारी दिए । रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् । २०७४ सालको चुनावको तुलनामाकरिब १ लाखमतदाता रुपन्देहीमा थपिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 256 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम