यसअघि जितेकाले निराश बनाएको पाएँ : पाण्डे

बुटवल उपमहानगरपालिकामा प्रमुख पदका लागि नेपाली कांग्रेससहितको गठबन्धन दलका तर्फबाट खेलराज पाण्डे चुनाबी मैदानमा छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेलाई नेपाली कांग्रेससहित सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । २०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा संलग्न छन् । उनै संग राजधानीले गरेको कुराकानी ः

जनताको घरमा पुग्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

बुटवलबाट अहिले म प्रमुख पदमा उठेर जनतासँग प्रत्यक्ष भेटघाट हँुदै गर्दा उहाँहरूले ठीक मान्छेले टिकट पाउनुभयो । हामीले एकपटक तपाईलाई अवसर दिन्छौं जिताउने छौं ढुक्क भएर लाग्नुस् भन्नु भएको छ । नगरको निर्वाचन जित्नुस् र हामीले चाहेको सफा सुन्दर, हरियालीयुक्त र समृद्ध बुटवल बनाउनुस् भनेर आर्शीवाद शुभकामना दिइरहनुभएको छ । सबैको माया पाएको छु । तपाईंलाई एकपटक मौका दियौं भने राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास छ भनेर जितको शुभकामना दिइरहनुभएको छ । यसअघि पटकपटक विश्वास गरेका दलले निराश बनाएको, ठूलाठूला सपना देखाएर केही पनि काम नगरेकोमा एकखालको निराशा पनि देखिन्छ । जनताले चुनाबमा भोट हालेर जिते पनि मन जित्न नसकेको नगरबासीको अनुभूति मैले सुन्न पाएको छु ।

तपाईँलाई किन जिताउने ?

यो अन्तरवार्तामा म सबै कुरा भनेर त सक्दिनँ । कतिपय कार्यक्रम विस्तृतमा उल्लेख गर्नुपर्ने हुन्छ । तर पनि, म केही मुख्य योजनाहरू भन्न चाहन्छु । म बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रूपमा विकास गर्न चाहन्छु । यहाँका नदी किनारका बासिन्दाले सुरक्षित रूपमा आफ्नै जग्गाजमिनमा बस्न पाउने अधिकार दिलाउनु मेरो मूल कर्तव्य हो ।

यो नागरिकको मौलिक हक हो । यहाँको सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासलाई समाधान गर्नेछु । चुनाबको मुखमा आएर काम देखाउन भित्री सडक भत्काएर अलपत्र पारिएका छन् । जनताका समस्या के हुन् भन्नेमा ध्यान नै दिइएको छैन । सडकका आयोजना समयमै निर्माण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्नेछु ।

गठबन्धनका दलबीच तालमेल कस्तो छ ?

सुरुसुरुमा बुझाइमा केही समस्याहरू थिए । ती सबै समाधान भएका छन् । यो गठबन्धन राष्ट्र जोगाउनका लागि, संविधानको रक्षाका लागि, मुलुकलाई अस्थीरता र अराजनीतितर्फ धकेलिनबाट जोगाउन निर्माण भएको हो । जति बेला नेकपा विघटन र एमाले विभाजन भयो, त्यसले उत्पन्न गराएको परिस्थितिले मुलुक नै संकटग्रस्त अवस्थामा पुग्न थालेको थियो । यदि, नेपाली कांग्रेसले त्यसको अगुवाइ नगरेको भए र पाँच दल एकै ठाउँमा नआएको भए हाम्रो संविधान अहिलेको अवस्थामा रहदैनथ्यो । जनताको बलिदानीले प्राप्त गरेको यो उपलब्धि गुम्ने खतरा थियो । जनतामाँझ यस’bout भ्रम फिजाउँन खोजिएको छ । एमालेले जनतालाई आफ्ना कमजोरी लुकाएर गठबन्धनको खेदो खनेको छ । ’cause अहिले एमालेसँग अरू कुनै एजेन्डा छैनन् ।

चुनाब जित्ने आधारहरू के हुन् ?

म २०७४ सालको चुनाब लडें । मेरो २३०० जति भोट कम भयो । त्यो चुनाबदेखि यो चुनाबसम्म मैले जनताका समस्या समाधानका लागि निरन्तर लडिरहेको छु । जतिले मलाई भोट दिनुभएन उहाँहरू वास्तवमै पछुताउनुभएको मैले पाएँ । हामीले गलत व्यक्तिलाई जिताएछौं भन्ने अनुभव बुटवलबासीले गरेको मैले पाएको छु । अघिल्लो चुनाबमा भ्रममा परिएछ भन्नेहरू अहिले मलाई नै जिताउन खटिनुभएको छ । ’cause, जति काम जितेका मान्छेले गर्न सकेनन्, मैले नजितेरै पनि गरें । मैले जितेको भए त्यसको कैयौं गुणा धेरै काम म गर्न सक्थें भन्ने कुरा जनताले बुझ्नुभएको छ । अर्को कुरा, बुटवल नयाँ सहर होइन । यहाँका बासिन्दाको आफ्नै खालको अपनत्व छ । अहिले थपिएका नयाँ मतदाता २३ हजार जति छन् । यी मतदातामा धेरै युवा हुन् । केही नामावली सारेर आएकाहरू छन् । युवा मतदाताको मत मलाई आउँछ । अर्को कुरा, म बुटवल उपमहानगरपालिकामा कुनै पेसा व्यवसाय गरेर थाकेर, रिटायर्ड हुने बेलामा थकाई मार्न जाँदै छैन । म एउटा जोस, जाँगर लिएर बुटवललाई म परिवर्तन गर्छु । यहाँका बासिन्दाको निराशा हटाएर उत्साह भर्छु, एउटा नयाँ आशा जगाउँछु भन्ने दृढ अठोटका साथ उम्मेदवार बनेको हुँ ।

सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको मुद्दा कसरी समाधान गर्नुहुन्छ ?

सुकुम्बासी समस्या’bout कुरा गर्दा यसका अल्पकालीन र दीर्घकालीन उपाय छन् । अल्पकालीन उपायमा हामी उपमहानगरपालिकामा दर्ता प्रक्रिया सुरु गरेर उपमहानगरपालिकाभित्र यसलाई एउटा मापदण्डमा ल्याउन सक्छौं र यसको नामसारीको प्रक्रिया वडाहरूमार्फत लैजान सक्छांै यति मात्रै गर्न सक्यांै भने धेरै समस्या यसबाट समाधान हुन्छ । यसअघि देखिएका विकृति हटेर जान्छन् र दीर्घकालीन समस्या भनेको लालपुर्जा प्रदान गर्ने हो त्यो नै हाम्रो मुख्य उद्देश्य हो । भूमिसम्बन्धी कार्यालय गठन भएका छन् त्यसमार्फत कामको टुंगो लगाउँछौं । हामी लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं । एमालेले जस्तो भोटका लागि समाधान गर्छु भन्दैनौं । लालपूर्जा भनेर निस्सा वितरण गर्दैनौं । यसको समाधान गर्नसक्ने आधार तयार गरेर भनिरहेको छु ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि