बुटवललाई नेकपा एमालले आफ्नो आधार इलाकाका रूपमा प्रस्तुत गर्ने गर्दछ । लामो समयदेखि विभिन्न तहका निर्वाचनमा जित हात पार्दै आएको एमालले यसपटकको निर्वाचनमा पनि आफ्नो जित निश्चित रहेको बताउँदै आएको छ । एमालेको गढ भनिएको बुटवल उपमहानगरपालिकाको मेयर पदमा एमालले बाबुराम भट्टराईलाई चुनावी मैदानमा उतारेको छ । स्याङजाको विर्घामा जन्मिएका ६४ वर्षीय भट्टराई राजनीति र व्यवसायलाईसँगै अघि बढाएका नेता हुन् । गठबन्धन दलको मोर्चाविरुद्ध जित निकालेर अघि बढ्ने अठोटका साथ चुनावी प्रचारमा व्यस्त छन् ।
बुटवलको मेयरमा चुनाव लड्दै हुनुहुन्छ, के छन् एजेन्डा ?
बुटवलको जुन ऐतिहासिकता, जुन सांस्कृतिक महत्व र आर्थिक केन्द्र विस्तारको विराट सम्भावना छन् तिनलाई संरक्षण गर्ने, संवद्र्धन गर्ने, विस्तार गर्ने, समस्याको पहिचान गरेर समाधानका उपाय अवलम्बन गरिहाल्ने र दिगो विकास लक्ष्यमा बुटवलका योजना केन्द्रित गरेर अगाडि बढ्ने नै हाम्रो पार्टीको मूल एजेन्डा हो । केन्द्रदेखि पालिकासम्म एमालेले के के गर्ने, एमालेको नेतृत्वमा सरकार रहँदा तीनै तहमा के कसरी काम गरियो भन्ने सबै फेहरिस्तसहित हामी चुनावी मैदानमा छौं । बुटवल यस क्षेत्रको आमा सहर हो र विराट सम्भावना रहेको उज्यालो सहर हो । विकासको रोलमोडलका रूपमा सिंगो जिल्लालाई नेतृत्व सहर हो बुटवल । यो हामी अर्थात् नेकपा एमालेका प्रतिनिधिले गरेको सुझबुझपूर्ण र दिगो विकासको खाकाको नतिजा हो । कस्तो थियो बुटवल र कसरी गरिँदै छ दिगो तथा व्यवस्थित विकास भन्ने प्रस्ट भिजनका साथ काम गर्ने दृड इच्छाशक्ति लिएका जनप्रतिनिधिको निरन्तर रूपमा हामी अगाडि सरेका छौं । मतदातामा हाम्रा हालसम्मका योजनाबद्ध काम र अबको बुटवल कस्तो बनाउने भन्ने प्रस्ट भिजन छ ।
बुटवललाई कस्तो बनाउने सोच छ ?
बुटवललाई कस्तो बनाउनेभन्दा पनि बुटवलको पहिचान विस्तार गर्ने, तयार भएका समृद्धिका आधारलाई पनि विस्तार गर्ने, एउटा व्यवस्थित, सभ्यतायुक्त, सुन्दर सहरका रूपमा बुटवललाई विकास गर्न सकिन्छ भन्ने प्रस्ट भिजनका साथ हामी जुटेका छौं । बुटवलमा अहिले जति पनि विकास निर्माणका कार्य भएका छन्, केही पूरा हुने क्रममै छन् । आवधिक योजना पूरा हुने र दीर्घकालीन योजना निरन्तर चलिरहेका छन् । सबैभन्दा पहिले बुटवलमा निर्माणाधीन आयोजनालाई अझ व्यवस्थित गर्दै पूर्णता दिने नै हाम्रो पहिलो काम हुनेछ । योजनाको कार्यान्वयन के कसरी भइरहेको छ, नीतिगत समस्या के कस्ता छन् तिनको पहिचान गर्दै समाधानको उपाय निकाल्दै संविधानले स्थानीय तहलाई दिएको अधिकारमा रहेर निरन्तर खट्ने नै हाम्रो ध्येय हुनेछ ।
अरू प्राथमिकताका क्षेत्रहरू के–के छन् ? स्थानीय सरकारका रूपमा बुटवल उपमहानगरपालिकालाई नागरिकको सेवा केन्द्रका रूपमा र हामी जनप्रतिनिधि भएपछि निरन्तर सेवकका रूपमा खट्ने प्रतिबद्धता गरेका छौं । सोही आधारमा बुटवलका १९ वटै वडाको प्राथमिकता निर्धारण गरेर योजना बनाउने छौं । योजना कार्यान्वयन गर्ने उपयुक्त कार्यक्रम बनाउनेछौं । बुटवलका सबै वडाको पाश्र्वचित्र र यसअघि गरिएका कामको सूची समेत हामीले बनाएका छौं र त्यसमा चुनौती, पहलकदमी र अबको सम्भावनाका विषयलाई पनि हामीले अलग अलग कोलममा समेटेर पार्टीमा रहेका विषय विज्ञको परामर्शमा नयाँ कार्यक्रम पनि बनाएका छौं । समग्रमा संवैधानिक अधिकारको प्रयोग र कार्यान्वयन गर्दै जनताको अवस्था बदल्नेतर्फ नै हाम्रो पहिलो प्राथमकितका रहनेछ । तपार्इँ स्वास्थ्य क्षेत्रको केही योजना पनि छन् कि ? स्वास्थ्य क्षेत्रमा हामीले पालिकास्तारबाट गर्न सक्ने काम त गर्छौं नै । त्यसका अतिरिक्त प्रदेश, संघीय तह र आवश्यकताअनुसार दातृनिकायको समेत सहकार्य, सहयोगमा स्वास्थ्यका सेवा प्रवाहलाई प्रभावकारी बनाउन लाग्नेछौं । सामुदायिक स्वास्थ्य संस्थामा सुधार गर्ने, स्तरोन्नति गर्ने, दक्ष जनशक्तिको प्रबन्ध मिलाउने, उपकरणको जोहो गर्ने, सुलभ, सहज र प्रभावकारी सेवा प्रवाहमा सबै सरोकारवालालाई जिम्मेवार बनाउनेतर्फ हामीले योजनाबद्ध काम गर्ने छौं ।
बुटवललाई कसरी अगाडि बढाउनुहुन्छ ? बुद्धावलीको बुटवललाई
बृहत र महानगरीय अवधारणाका साथ हामीले अगाडि बढाउनेछौं । बुटवल भनेको यस क्षेत्रको आमा सहर पनि हो । बुटवलले छिमेकममा तिलोत्तमा, सैनामैना, देवदह, फर्साटिकर जस्ता उपसहर पनि जन्मायो र हुर्कायो । अब बुटवल पूर्वमा दाउन्ने र पश्चिममा धानखोलाको पहाडबीचमा रहेको तीनैवटे जिल्लाको प्रमुख केन्द्रका रूपमा विकास गर्नुपर्छ । जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यम विकास, पर्यटन र हरेक दृष्टिले मुलुकको अब्बल सहर बनोस् भन्ने बृहत् उद्देश्यमा रहेर बुटवललाई विस्तार र विकास गर्नेछौं । ० बुटवलको सुकुम्बासी समस्यालाई कसरी हल गर्ने ? नेपालमा सुकुम्बासीका नाममा धेरै नै खेतीपाती भएजस्तो लाग्छ । तर, नेकपा एमालले केन्द्रमा ऋषिराम लुम्सालीदेखि यसअघि देवी ज्ञवालीको नेतृत्वमा आइपुग्दा सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्ने कामको योजना बनाएर अगाडि बढ्यो । तर, विडम्बना अहिलेको यो गठबन्धनको सरकार बनेपछि पहिलो कामस्वरूप भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरिदियो । आयोग नै खारेज गरिदिएपछि बुटवलमा अगाडि बढेका २०औं हजारको संख्यामा रहेका फाइल पनि स्वतः प्रभावित भए । लालपुर्जा दिन ठिक्क पारिएका र अनलाइनमा समेत भरिएका करिब २० हजार फाइल त्यसै रोकिए । बुटवलमा अब हामी निर्वाचित भएपछि संकलित लगतको आवश्यकतका आधारमा अध्ययन गर्नेछौं । जग्गा नापजाँचका काम अगाडि बढाउने छौं । समस्या बाँकी रहेका ठाउँमा तत्कालै विज्ञलाई खटाएर समाधानको प्रभावकारी पहलकदमी लिनेछ






