रियल म्याड्रिड र लिभरपुल च्याम्पियन्स लिग उपाधिका लागि भिड्ने

म्याड्रिड । च्याम्पियन्स लिगको आगामी २८ मेमा फ्रान्सको राजधानी पेरिसमा हुने फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र इग्लिस क्लब लिभरपुलबीच भिड्न्त हुनेछ । रियालले बिहीबार बिहान इग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । हिजो लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

रियलले म्यानचेस्टर सिटीविरुद्ध बिहीबार बिहान आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको हो। सिटीको मैदानमा भएको पहिलो लेगमा रियल ४–३ गोल अन्तरमा पराजित भएको थियो । यो जीतसँगै रियलले समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो । रियललाई जिताउन रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरेका थिए। सिटीका लागि रियाड माहरेजले एक गोल गरेका थिए ।

माहरेजले खेलको ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरआती अग्रता दिलाए। तर अन्तिम मिनेटमा सिटी सम्हालिन नसक्दा रोड्रिगोले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयमा रोड्रिगोले पुनः दोस्रो गोल गरेसँगै खेल समग्रमा ५–५ गोलको बराबरीमा पुग्यो। त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा रियलले बाजी मार्‍यो । अतिरिक्त समयको पाँचौ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए। रियलले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, सम्भव भए आजै मतगणना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरी वडा नं २० मा कांग्रेसको प्यानलै विजयी