उदयपुरमा १६ वर्षीया किशोरी बलात्कृत

उदयपुर । उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-४ कटारी बस्ने २३ वर्षीय रविन मगर रहेका छन् ।

मगरले ती किशोरीलाई सोही नगरपालिका-४ स्थित बाँसको झ्याङमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मगरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी