बुटवल । सत्ता गठबन्धनले शनिबार गरेको सभास्थलमै नेकपा एमालले पनि आमसभा गर्ने भएको छ । बुटवल ११ देविनगरस्थीत वाणिज्य क्याम्पसको प्रागणमा सभाको आयोजना गरिएको हो ।
उक्त सभामा एमाले अध्यक्ष तथा पुर्व प्रधानन्त्री केपी ओलीलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले बताए । उनका अनुशार मध्यान्न १२ बजे सभा शुरु हुने छ ।
शक्ति प्रर्दशाका रुपमा लिएको सभामा गठबन्धन भन्दा वढि सहभागि देखाउने भन्दै एमालले तयारी गरेको छ । जनमुक्ति पार्टिसंग बुटवलमा गठबन्धन गरेको एमालले बुटवल आफुहरुको किल्ला भएकोले निर्वाचन जित्ने दावी गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)