दुई वर्षअघि सुरु भयो के घर के डेरा

काठमाडौ । दुई वर्ष अघि छायाँकनको तयारीमा रहेको चलचित्र ‘के घर के डेरा’ कोरोनाका कारण रोकिएको थियो । यसका निर्माता सिँगे लामालाई नै कोरोना लागेर गम्भिर तुल्याएपछि यो फिल्म बन्ने सँभावना घटेको थियो । तर शुक्रबारबाट यो चलचित्रको छायाँकन सुरु भएको छ ।

दुई वर्ष अघि मुुहुर्त गरिएको के घर के डेराको फेरी शुक्रबार बिहान स्वयम्भुमा मुहुर्त गरिएको छ । स्वयम्भुका हारती मन्दिरमा मुहुर्त गरेर यसको छायाँकन सुरु गरिएको हो ।

यस अघि यो चलचित्रको निर्देशकमा सुव्रतराज आचार्य थिए । दुई वर्षसम्म फिल्मको छायाँकन हुन नसकेपछि यतीबेला निर्देशक परिवर्तन भएका छन् । सुव्रतको ठाउँमा यो चलचित्रमा अहिले दीपेन्द्र के खनाललाई निर्देशक राखिएको छ ।

‘निर्देशक सुव्रतले फिल्मको छायाँकनमा समय दिन नसक्ने भन्दै यो फिल्म छाडेपछि म के घर के डेरामा निर्देशकको रुपमा आबद्ध भएको हुँ ।’ खनालले राजधानीसँग भने,‘चलचित्र के घर के डेरा तीन दिन अघि मह जोडीको मुख्य भूमिकामा निर्माण हुँदा त्यतिबेला हिट भएको थियो । यसरी नाम नै राम्रो भएको यो फिल्मको कथा पनि त्यत्तिकै राम्रो भएकाले कारण यो चलचित्रमा निर्देशकको रुपमा म जोडिएको हुँ ।’ चुनावको तीन दिन बाहेक अरु दिन यो चलचित्रको छायाँकनलाई निरन्तता दिने पनि खनालले बताएका छन् ।

काठमाडौं उपत्यकामा डेरामा बस्नेहरुलाई घरबेटीले दिएको दुःखको कथा यो चलचित्रमा उठाईएको निर्देशक खनालले बताएका छन्,‘विश्व भर नै डेरामा बस्नेहरुको पीडालाई हामीले यो चलचित्रमा समेट्ने कोशिस गरेका छौं । त्यसैले सबै प्रकारका दर्शकलाई यो फिल्म मन पर्ने छ ।’ उनले भने ।

चलचित्र के घर के डेरामा दयाहाङ राई, वर्षा राउत, विपिन कार्की, सुरक्षा पन्त, आशान्त शर्मा, लक्ष्मी गिरीलगायतको मुख्य भूमिका रहेको छ । यो चलचित्रलाई युवराज कार्की, राजिव श्रेष्ठ र सरद श्रेष्ठले निर्माण गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते