वडाअध्यक्षका उम्मेदवार चक्र शर्माले भोट किन्न १ लाख रकम बाँडेको खुलासा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न.७ मा केहि समय अघि देखीनै भोट माग्न आर्थिक चलखेल भैरहेको कुरा बाहिर आएको थियो । उक्त वडाका केहि व्यक्ति फरक–फरक पार्टीमा प्रवेश गर्ने, उनिहरुको दैनिक खर्चको दायरा आश्चर्यजनक रुपले बढ्दै गरेको लगायतका बिषयले अचम्मीत बनाएको थियो । यो संगै त्यहाँ उम्मेदवारले मतदाताहरुलाई पैसा बाडिँरहेको भन्ने कुराहरु धेरैको मुखबाट सुनिन्थ्यो । यी आशंकाका बिषय अन्ततः उक्त कुरा हल्लामा मात्रै सिमित रहेनन् ।

अहिले एक अडियो काण्डका कारण उम्मेदवारले पैसा बाँडेको खुलासा भएको छ । नेपाली कांग्रेसबाट वडाअध्यक्षका उम्मेदवार चक्र प्रसाद शर्माले भोट किन्नका लागि मतदातालाई १लाख रकम बाँडेको खुलासा भएको छ ।

आफुलाई भोट हाल्ने सर्तमा स्थानिय बल्देब राम लोहारलाई शर्माले १लाख रकम दिएको अडियो सार्वजनिक भएको छ । आफुलाई मत दिन भन्दै उम्मेदवार शर्माले १लाख रकमको चेक दिएको लोहारले अडियोमा खुलासा गरेका छन् । आफुलाई रकम दिएपनि मतदानमा भने आफ्नै बिवेकको प्रयोग गर्ने बताएका छन् ।

रकम पाउने व्यक्ति र उनका केहि साथीहरु बीच भएको कुराकानीको अडियो एकजनाले गोप्य रुपमा रेकर्ड गरि सार्वजनिक गरेका हुन् ।
अडियो रेकर्ड गर्ने व्यक्तिले पटक–पटक पैसा दिए÷नदिएको बिषयमा प्रश्न गरेका छन् भने, पैसा लिने व्यक्तिले चक्र शर्माले आफुलाई भोट कै लागि १लाख रकम दिएको भनेका छन् । आफुले अर्को पार्टीमा प्रवेश गर्ने भनेपछि शर्माबाट १लाख रकम पाएको उनको भनाई छ ।
उम्मेदवार शर्मा यसअघि समेत कांग्रेसबाटै वडाअध्यक्षमा विजयी भएका थिए । उनि वडाअध्यक्षका साथै दशरथचन्द नगरपालिकाको प्रवक्ता समेत बनेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 348 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?