काठमाडौं । आइतबारदेखि बढ्न थालेको सेयर बजार मंगलबार ४४ दशमलव १६ अंकले बढेर २ हजार ३ सय १३ को बिन्दुमा पुगेको हो ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ७ दशमलव ६७ अंकले उकालो लागि ४ सय ४७ दशमलव १४ मा पुगेको छ ।
मंगलबार कुल २ सय २६ कम्पनीको ३३ लाख ३० हजार १ सय ५० कित्ता सेयर १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४ सय ६९ मा कारोबार भएको थियो । मंगलबारको कारोबारपछि बजार पुँजीकरण ३२ अर्ब ९० अर्ब ५७ करोड ९८ लाख ७० हजार बराबर रहेको छ ।
मंगलबार कारोबार भएका १३ वटा उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २२ दशमलव ५५, व्यापार १४ दशमलव ४१, होटल तथा पर्यटन ३६ दशमलव ८६, विकास बैंक १सय ३ दशमलव ६, जलविद्युत् ९६, वित्त ५४ दशमलव ९, निर्जीवन बिमा १ सय २४ दशमलव ५, उत्पादन ६२ दशमलव ९७, अन्य ३५ दशमलव ११, लघुवित्त ८६ दशमलव ५, जीवन बिमा २ सय ३६ दशमलव ८१, सामूहिक लगानी कोष शून्य दशमलव ०५ र लगानी १ दशमलव ७ अंकले बढेका छन् ।
कारोबारका आधारमा ङादी ग्रुप अफ पावर शीर्ष स्थानमा छ । सो कम्पनीको ९ करोड ९८ लाख तीन हजारको सेयर कारोबार भयो । यस्तै, अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख २३ हजार ९ सय १७, नेपाल दूरसञ्चार कम्पनीको ३ करोड ८२ लाख ८९ हजार ४ सय ३५, बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख २६ हजार र नविल बैंकको ३ करोड ६८ लाख ८७ हजार ४ सय ७० बराबरको कारोबार रही शीर्ष पाँचभित्र रहे ।
नेप्सेमा उच्च वृद्धि हुँदा मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा बरुण हाइड्रोपावर, ङादी ग्रुप अफ पावर र जालपा सामुदायिक लघुवित्त छन् ।
यस्तै युनिभर्सल पावर कम्पनी ९ दशमलव ९७ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव १७ प्रतिशतले कमाउँदा उता एनआईबीएल समृद्धि फन्ड दोस्रो ४ दशमलव ८२, उन्नति सहकार्य लघुवित्त २ दशमलव ५२, नविल डिबेन्चर १ दशमलव ९६, कृषि विकास बैंकको डिबेन्जर १ दशमलव ९५ र गुराँस लघुवित्तका लगानीकर्ताले १ दशमलव ६१ प्रतिशतले गुमाए ।
मंगलबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ । मंगलबार विद्युत् नियमन आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएसँगै ती कम्पनीको सेयर मूल्य उच्च दरले बढेको हो ।
मंगलबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३ दशमलव ८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३ दशमलव २७ प्रतिशत र विकास बैंकको २ दशमलव ६५ प्रतिशतले बढेको छ । अन्य उपसमूहका सूचक पनि सकारात्मक नै छन् ।
मंगलबार बरुण हाइड्रोपावर, ङादी हाइड्रोपावर र जालपा लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने युनिभर्सल पावर, दिब्यश्वरी हाइड्रोपावर र नेस्नल हाइड्रोपावरको पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य भने सबैभन्दा धेरै २ दशमलव ५२ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्तको १ दशमलव ६१ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको १ दशमलव ५४ प्रतिशतले घटेको छ ।
मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै ९ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड २८ लाख र बरुण हाइड्रोपावरको ३ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
मंगलबार ६ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । बरुण हाइड्रो, ङादी गु्रप पावर, जाल्पा सामुदायिक लघुवित्त, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रो र नेसनल हाइड्रोको सेयर मूल्य क्रमशः १०, १०, १०, ९ दशमलव ९७, ९ दशमलव १७ र ९ दशमलव ०८ प्रतिशतले बढेको हो । त्यसैगरी एनआईबीएल समृद्धि फन्ड २ का लगानीकर्ताले सबैभन्दा बढी ४.८२ प्रतिशतले घाटा बेहोरेका छन् ।
त्यस्तै, मंगलबार एनआबीएल समृद्धि फन्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४ दशमलव ८२ प्रतिशतका दरले गुमाएका छन् ।






