तुलसीपुरमा १७ मा बुवाको निधन भएपछि छोरा बने वडाध्यक्षको उम्मेदवार


दाङ, तुलसीपुर । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् । एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ सहइन्चार्ज घनश्याम पाण्डेले जानकारी दिए ।

लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन जेठ ३ गते तोकेको छ । आज मनोनयन दर्ताको समय तोकिएको निर्वाचन कार्यालयले बताएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी