मतदानको विषयमा झडपदेखि मतपेटिका आगजनीसम्म

काठमाडौं । स्थानीय तहको निर्वाचनमा अधिकांश ठाउँमा शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि देशभर ३० वटा जिल्लाको १ सय १० ठाउँको मतदान केन्द्रमा विवाद भएको छ । साथै मतदान केन्द्र तनावपूर्ण बन्दा प्रहरीले हवाई फायर गर्नुपर्ने अवस्थासमेत आएको जनाएको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म धेरै स्थानमा आपसी झडप र विवाद देखिएको छ । रामेछाप, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक, हुम्ला, रुकुमपूर्व, काभ्रे र रौतहटलगायत क्षेत्रमा झडप भएको थियो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा एक व्यक्ति पर्खाल नाघेर मतदानस्थलमा प्रवेश गरेपछि विवाद बढ्दा स्थिति तनावपूर्ण बन्न पुग्यो । स्थितिलाई नियन्त्रणमा लिन नेपाली सेना प्रयोग गर्नुप¥यो । स्थिति नियन्त्रणमा आएपछि पुनः मतदान सुरु गरेको थियो ।

रुकुमपूर्वको एउटा मतदान केन्द्रमा नेपाली कांग्रेसले निर्वाचन स्वच्छ नभएको भन्दै बहिष्कार गरेको छ । गोरखाको एक मतदान केन्द्रमा मत हाल्ने क्रममा विवाद हुँदा तनावपूर्ण स्थिति बन्यो । कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएका बेला प्रहरीबाट गोली लोड गर्ने क्रममा गोली चल्यो । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसेस्थित मतदान केन्द्रमा प्रहरीको गोली लागेर निर्वाचनमा खटिएकी कर्मचारी मनीषा थापा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको छ ।

त्यस्तै, बाराको गढीमाईमा सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको थियो । गढीमाई नगरपालिका–३ खरिदी मतदान केन्द्रमा भएको झडपमा १५ जना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ राउन्ड हवाई फायर गरेको थियो ।

सप्तरीको डाकनेश्वरी मतदान केन्द्रमा मतदान अधिकृतमाथि कुटपिट भयो । सप्तरीको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार मतदान अधिकृतलाई एक महिलाले मत हाल्न दिएको तर मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरु भएको थियो । विवादपछि एक समूहले महिलाले भनेको ठाउँमा किन नहालेको भन्दै मतदान अधिकृतमाथि कुटपिट गरेको थियो । सो मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ । सो मतदान केन्द्रको निर्वाचन आगामी १ जेठमा हुने भएको छ ।

रौतहटको यमुनामाई गाउँपालिकाअन्तर्गतको १ मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिका–२ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो । मतदानका क्रममा विवाद उत्पन्न भएपछि केही स्थानीयले मतपेटिका लुटेर लगेका हुन् । मतदान सकिएपछि सिलबन्दी गर्ने क्रममा मतपेटिका लुटिएको रौतहटको प्रजिअ कृष्णबहादुर शाहीले जानकारी दिए ।

काभ्रेको चौरीदेउराली गाउँपालिका–६ मा मतदान क्षेत्रबाहिर रहेको मतपेटिका तोडफोडसम्मको कार्य भयो । सो क्षेत्रमा अहिले सर्वदलीय बैठक बसेर सहमति गरेर मतदान सुरु भएको थियो ।

्हुम्लाको चंखेली गाउँपालिका केन्द्र, ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९ मिश्रभन्ज्याङको मतदान केन्द्र र रामेछापको दोरम्बा, शैलुङ र खाँडादेवी गाउँपालिका, गोरखाको घ्याल्चोक, सर्लाहीको धनकौलका मतदान केन्द्रमा हवाई फायर गर्नुपरेको थियो ।

यस्तै, बाजुराको बुढीनन्दा नपामा हवाई फायर भएको थियो । दैलेखको ठाटीकाँध, काभ्रेको चौरी देउराली–६, बाराको पचरौती २ मा पनि मतदानस्थलमा झडप भएको थियो । बाँकेको कोहलपुरमा माओवादी र एमाले कार्यकर्ताबीच खुकुरी हानाहानमा दुवै पक्षका एक÷एक गरी दुई जना घाइते भएका छन् ।

रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ । बौधीमाई नगरपालिका–२ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा तीनवटा मतपेटिका आगजनी भएको हो । झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै, वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी