धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित

गुल्मी । धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा मतगणना अनिश्चित भएको छ । मतगणना सकिएपछि वडा नम्बर ४ जैसिथोकमा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ ।

जिल्लाका अन्य पालिकामा मतगणना चलिरहदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार साँझ करिब नौ बजेको समयमा पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र काँग्रेसका कार्यक्रताहरुबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भएका थिए । झडपमा थापासँगै जैसिथोकका निरञ्जन कुँवर र संजय नेपाली पनि घाइते भएका छन् । घाइतेहरुको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटबल रिफर गरिएको छ ।

झडपमा सहभागि धुर्कोट रजस्थलका छ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी उपरीक्षक भिम बहादुर दाहालले जानकारी दिए । निर्वाचन अधिकृत मुना पौडेलका अनुसार सर्वदलीय बैठक सुरु हुन सकेको छैन । मुचुल्कामा हस्ताक्षर गरेका दलहरुबीचमा सर्वदलीय बैठक राख्नुपर्ने भएपनि काँग्रेसबाट प्रतिनिधि नआउदा बैठक बस्न नसकेको पौडेलले जानकारी दिइन् ।

केही समय ढिला भएपनि काँग्रेससहितको बैठकपछि मात्र मतगणना सुरु गर्ने भएकोले ढिलाई भएको पौडेलले जानकारी दिइन् । शुक्रबार साँझ झडप भएपनि काँग्रेसका नेता–तथा कार्यक्रताले नाराबाजि गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 367 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘ओहो ! अहिले पनि पोल्छ’

कुरी-कुरी

Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Rajdhani Rastrya Dainik: Kuri Kuri – Jesth-10 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
देउवाले रेणुको गुनगान गाए, दाहालले झस्काए