अमरगढी–१ मा काँग्रेस वडा अध्यक्ष निर्वाचित


डेल्धुरा । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–१ मा नेपाल काँग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्षका निर्वाचित भएका छन् । काँग्रेस बाट वडा अध्यक्षका उम्मेदवार बनेका लोक बहादुर ऐर ५२६ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवारले ४७६ मत पाएको मुख्य निर्वाचन अधिकृत हरिप्रशाद शर्मा उपाध्यायले बताए । यस वडामा कुल मतदाता संख्या १५६५ थियो । जसमध्ये ११ सय ६५ मत खसेका थियो ।

ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि काँग्रेसका तर्फबाट बिजयी भएका थिए । यस निर्वाचनमा समेत निर्वाचित भए संगै उनी वडा अध्यक्षमा दोहरिएका छन् ।

उनी निर्वाचित भए संगै काँग्रेसले डडेल्धुराका दुईवटा वडामा खाता खोलेको छ । केही समय अघि गन्यापधुरा गाउँपालिका–४ मा काँग्रेसका उम्मेदवार नरेस भट्ट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 352 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको लम्कीमा दुई मेयर र एक सदस्यको उम्मेदवारी रद्द