ललितपुर महानगर–१ मा स्वतन्त्र उम्मेदवार विजयी

ललितपुर महानगरपालिकाको वडा १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार वडा अध्यक्षमा विजयी भएका छन् । उनले ६६१ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धुर्वलाल तन्डुकारले ४०५ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका उम्मेदवार दिनेश तन्डुकारले भने ३५१ मत प्राप्त गरे । निर्मल तन्डुकार यस अघि नेपाली कांग्रेसबाट वडा १ को वडाअध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् । नेपाली कांग्रेसको वडा कमिटीले उनको एकल नाम सिफारिस गरेको भए पनि पार्टीले टिकट नदिएपछि उनी वागी उठेका थिए ।
ललितपुर महानगरको प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन ८७७ मतका साथ अग्रता कायम गरेका छन् । नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको ४०२ मत छ । उपप्रमुखमा एमालेकी मञ्जली शाक्य महर्जन ४४४ मतका साथ अगाडि छिन् भने माओवादी केन्द्रका बाबुराज महर्जन २६७ मतका साथ दोस्रो स्थानमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 447 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदानको ७२ घण्टा अघि सिमा नाका सिल हुने