बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित,कसकाे कति (सूचीसहित)


काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले दुई हजार १३९ मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह एक हजार ५७ मत पाएर तेस्रो स्थानमा छिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल दुई हजार २३२ मतका साथ अग्र स्थानमा छिन् । उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् । हलो चिन्हले हलो ५२१ मत पाएको छ ।

मेयरतर्फ ढल्केको छाता १, तराजु २८, हलो २३३, खड्ग ५, सुगा १, तीर ६, साँचो १, किताब ४, मकैको घोगा १, पुतली १, रिक्सा १, आँखीझ्यालले २२१ मत पाएका छन् । उपमेयरतर्फ गोलाकारभित्रको हसिँया हथौडा दुई, ढल्केको छाता १, तराजु ९६, मादलले १ पाएका छन् ।

काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ । मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ । अहिले ३१ नम्बर वडाको पनि मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 549 times, 1 visits today)

epaper

ताजा समाचार

गेटामा यही सत्रबाट एमबीबीएस सञ्चालन गर्न मेयर हमालको आग्रह