पोखराको मेयर र उपमेयरमा सत्ता गठबन्धनको अग्रता


पोखरा । पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् । आइतबार दिउँसोसम्म ३ हजार मतगणना हुँदा मेयरका लागि सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले १ हजार ४० मत ल्याएका छन् । दुवै बीच कडा प्रतिस्पर्धा हुँदा एकआपसमा पछ्याउने गरेका छन् ।

यसैगरी, राप्रपाका शंकर खरालले १ सय ८४ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ६५ मत पाएका छन् । उपमेयरमा यसअघि एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकोमा उनलाई सत्ता गठबन्धनबाट कांग्रेसकै उम्मेदवार कोपिला रानाभाटले उछिनेकी छन् । कोपिलाले ३ हजार मतगणनामा १ हजार २ सय ४६ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार १ सय ६५ मत प्राप्त गरिन् ।

मेयर र उपमेयर दुवैमा गठबन्धन ८१ मतले अघि रहेका छन् । उपमेयरमा राप्रपाकी उम्मेदवार रञ्जना सेनले १ सय ६५ मत प्राप्त गरिन् ।
पोखरा महानगरका कुल ३३ वटा वडामध्ये वडा नम्बर १, २, १२, २३ र २४ को मात्र मतगणना भइरहेको छ । वडा २५ को गणना सुरु हुन लागेको छ ।

सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पोखरा उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समिति (जिसस) को भवनमा मतगणना भइरहेको छ । ढिलोगरी मात्र पोखरामा शनिबार दिउँसो करिब ४ बजेदेखिमात्र मतगणना सुरु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार महासंघ जिल्ला शाखाद्वारा प्रजिअमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र