जनकपुरमा तीन वटा वडाको मत परिणाम सार्वजनिक, कांग्रेस दुई तमलोपा एक स्थानमा विजयी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको तीन वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले दुई र तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले एक स्थानमा जितेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ बाट तराई मधेस लोकतान्त्रिक पार्टीका दीपेन्द्र साह निर्वाचित भएका छन् ।

साहले २७६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुनिलाल दासले २५९ मत ल्याए । यसैगरी वडा नम्बर १ मा नेपाली कांग्रेसका दीपनारायण यादव एक हजार १४३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लाभकुमार अधिकारीले ५४१, लोकतान्त्रिक समाजवादी पार्टीका गौतमकुमार साहले २५४ मत र जनता समाजवादी पार्टीका शत्रुघन साह ले २०३ मत ल्याएका थिए ।

त्यसै गरी २ नम्बर वडामा पनि नेपाली कांग्रेसका शिवकुमार साह ६११ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २९५, एमालेका सन्तोषकुमार साहले १५७ मत र जनता समाजवादी पार्टीका रामचन्द्र पजियारले ६२ मत ल्याएका थिए । अन्य वडाहरूको मतगणना जारी नै छ ।

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ मतदाता यसो भन्छन्