धनगढी । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तह मध्ये अहिलेसम्म १९ वटा पालिकाको मतगणना सम्पन्न भएको छ । १९ मध्ये ७ स्थानीय तहमा नेकपा एमाले, ७ स्थानीय तहमा नेपाली कांग्रेस र ५ स्थानीय तहमा माओवादी केन्द्रका मेयर र अध्यक्ष विजयी भएका छन् ।
घोषित मतपरिणाममा ७/७ पालिकामा एमाले र काँग्रेस तथा ५ मा माओवादी विजयी
नेकपा एमाले विजयी भएका पालिकाहरू
(१) बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहरा
(२) बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
(३) दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
(४) बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
(५) दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
(६) डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
(७) कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
(१) डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
(२) बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
(३) बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
(४) डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
(५) अछाम ढाकरी गाउँपालिका– प्रकाशबहादुर साउद
(६) डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ईन्द्रबहादुर कार्की
(७) डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू
(१) दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
(२) दार्चुलाको मार्मा गाउँपालिका– अध्यक्ष जमनसिंह धामी
(३) दार्चुला अपिहिमाल गाउँपालिका– अध्यक्ष भक्तसिंह ठेकरे
(४) डडेल्धुरा आलिताल गाउँपालिका– अध्यक्ष शेरसिंह पार्की
(५) डोटीको बोकटान फुड्सिल गाउँपालिका– अध्यक्ष कमलबहादुर गड्सिला






