जुम्ला । जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाकाे नतिजा काँग्रेसले आफ्नाे पाेलटामा पारेकाे छ। जुम्लाकाे एक नगरपालिका र सात वटा गाउँपालिकामध्ये कनकासुन्दरी गाउँपालिकामा सबैभन्दा पहिला मत गणना सकिदा नतिजा काँग्रेसकाे पक्षमा आएकाे हाे।
अन्तिम मत परिणाम अनुसार अध्यक्ष र उपाध्यक्ष दुबैमा कांग्रेस विजयी भएकाे छ। अध्यक्षमा दामोदर आचार्य २८०७ मत ल्याएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका धनबहादुर रावतले २५६२ मत पाएका छन्। उपाध्यक्षमा पनि कांग्रेसकै उम्मकलि बुढा निर्वातिच भएकी छन् ।
यता हिमा गाउँपालिकामा नेपाली काँग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन । अमरजंग भन्दा लक्ष्मण शाहीले ४ सय बढी मत ल्याएर विजयी हुन । विजयी शाही नेपाली काँग्रेसको पार्टी सचिव समेत हुन ।






