उदयपुर । उदयपुरको आठ स्थानीय तह मध्ये चार गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा चार गाउँपालिकाको नजिता सार्वजनिक भएको हो । गठबन्धनबाट नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्ली र लिम्चुङबङु गाउँपालिकामा बिजय हासिल गरेको छ भने उदयपुरगढी गाउँपालिकामा नेकपा एकिकृत समाजवादी बिजयी भएका छन ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उदयपुरगढी, रौतामाई, ताप्ली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेको थियो । २०७९ सालमा एमाले गठबन्धनको कारण पराजित भएर वडामै सिमित भएको मतपरिमाणले देखाएको छ । सत्ता गठबन्धनका नेपाली काग्रेसले भने चार वटै पालिकामा उपाध्यक्ष जित हात पारेका छन ।
ताप्ली गाउँपालिकामा माओवादी केन्द्रका ढुंगराज विश्वकर्मा
उदयपुरको ताप्ली गाउँपालिकामा अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का ढुंगराज विश्वकर्मा र उपाध्यक्षमा नेपाली कांग्रेसकी धनमाया मगर निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित विश्वकर्माले प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्षका उम्मेदवार बाबुराम राईलाई ३८ मतले पराजित गरेका हुन् ।
विश्वकर्माले १ हजार ७ सय ८७ मत पाएको ताप्लीका निर्वाचन अधिकृत रिसीकुमार दाहालले जानकारी दिए । सत्ता गठबन्धबाट उम्मेदवार बनेका विश्वकर्माले प्रतिस्पर्धी नेकपा एमालेका बाबुराम राईलाई ३८ मतले हराउदै निर्वाचित भएका हुन् । विश्वकर्माले १ हजार ७ सय ८७ मत प्राप्त गर्दा राईले १ हजार ७ सय ४९ मत मात्र प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा नेकपा एमालेकी मानकुमारी थापालाई हराउदै कांग्रेसकी धनमाया मगर निर्वाचित भएकी छिन् । धनमायाले २ हजार ५ सय ८६ मत ल्याएकी छिन् । प्रतिद्धन्दी थापाले १ हजार ३ सय ६ मत पाएकी थिईन । त्यसैगरी वडाहरुमा वडा नम्बर १ मा नेकपा एमालेका उद्धब हमाल, वडा नम्बर २ मा नेकपा एमालेका छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ मा नेपाली काग्रेसका रंंगमान तामाङ, वडा नम्बर ४ मा नेपाली काग्रेसका उमेशकुमार मगर र वडा नम्बर ५ पालिका केन्द्र रुपाटारमा नेकपा माओवादी केन्द्रका बिष्णुकुमार श्रेष्ठ बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन । ताप्ली गाउँपालिकामा कुल ९ सय ९ सय ३१ मतदाता मध्ये ५७ दशमल आठ प्रतिशत मत ५ हजार ६ सय ६८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमै पराजित हुनु भएका विश्वकर्माले यस पटक जित हात पारेको हो । ताप्ली गाउँपालिकामा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको थियो ।
रौतामाई गाउँपालिकामा माओवादी केन्द्र विरेन्द्र
उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा एमालेलाई हराउँदै गठबन्धनका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन । अध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) वीरेन्द्रकुमार मगर र उपाध्यक्षमा नेपाली कांग्रेसका भुपेन्द्रबहादुर थापा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित मगरले प्रतिद्वन्दी एमालेका अध्यक्षका उम्मेदवार भरतबहादुर थापालाई ८ सय ४२ मतले पराजित गरे । निर्वाचित मगरले चार हजार १ सय ८८ मत पाएका थिए भने निकटतम प्रतिद्धन्दी थापाले तीन हजार ३ सय ४६ मत पाए । त्यसैगरी उपाध्यक्षमा गठबन्धनतर्फबाट कांग्रेसका भुपेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । थापाले तीन हजार ६ सय ९९ मत पाएका छन् । निकटतम प्रतिद्धन्दी एमालेकी कुमारी ज्यू ठकुरीले तीन हजार ९३ मत पाएकी थिईन् । थापाले ठकुरीलाई ६ सय ६ मतको फरकले पराजित गरेको हो । ठकुरी निबर्तमान उपाध्यक्षमा हुन ।
त्यसैगरी वडा अध्यक्षहरुमा वडा नम्वर १ मा नेकपा एमालेका रुद्रबहादुर कार्की, २ मा नेकपा एमालेका होमबहादुर दाहाल खत्री, ३ मा नेकपा एमालेका दिपेन्द्र दाहाल, वडा नम्बर ४ मा नेपाली काग्रेसका रबिन्द्रकुमार खत्री, ५ मा नेकपा एमालेका पाण्डव राई, वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका पृथ्बीकुमार राई, वडा नम्वर ७ मा नेकपा एमालेका मनोजकुमार राना मगर बिजयी भएका छन ।
उदयपुरगढीमा नेकपा एसका मानबहादुर निर्वाचित
उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर केप्छाकी मगर पुनः दोहोरिएका छन् । गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका केप्छाकी मगरले प्रतिद्वन्दी नेकपा एमालेका गोपालबहादुर खत्रीलाई ८ सय २८ मतले पराजित गर्दै दाश्र्रो कार्यकालको लागि पुनः निर्वाचित भएका छन् ।
उदयपुरगढीका निर्वाचन अधिकृत धनबहादुर कार्कीका अनुसार निर्वाचित मगरले ४ हजार ९ सय ४२ मत प्राप्त गर्दा खत्रीले ४ हजार १ सय १४ मत मात्र प्राप्त भएको बताए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित मगर पार्टी विभाजनपछि एकीकृत समाजवादीमा गएका छन् । यता उपाध्यक्षमा नेकपा एमालेकी शोभाकुमारी मगरलाई पराजित गर्दै नेपाली कांग्रेसका जितबहादुर खड्का बिजयी भएका छन् । खड्काले ४ हजार ६ सय ४८ मत ल्याउँदा नेकपा एमालेकी शोभाकुमारी मगरले ३ हजार ८ सय ६३ मतमा चित बुझाएकी छिन ।
त्यसैगरी वडाहरुमा वडा नम्बर १ नेकपा एकिकृत समाजवादीका दिलकुमार राना मगर, वडा नम्बर २ मा स्वतन्त्र ईन्द्रबहादुर राउत, वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रका मनोजकुमार कार्की, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका रामबहादुर घले मगर, वडा नम्बर ५ मा नेपाली काग्रेसका कुमार अधिकारी निर्वाचित भएका छन् । त्यस्तै वडा नम्बर ६ मा नेपाली काग्रेसका कृष्णबहादुर खत्री, वडा नम्बर ७ मा नेकपा माओवादी केन्द्रका भुबन केप्छाकी मगर र वडा नम्बर ८ मा नेकपा एमालेका थीरबहादुर राउत बिजयी भएका छन् । उदयपुरगढीमा २० हजार २ सय ५२ मतदाता मध्ये ५९ दशमलब ७६ प्रतिशत १२ हजार १ सय २ मत खसेको थियो ।
लिम्चुङबुङमा गठबन्धनबाट मेजरकुमार
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई निर्वाचित भएका छन् । नेकपा एमालेका अध्यक्षका उम्मेदवार निकटतम प्रतिद्वन्दी राजकुमार राईलाई चार सय ६२ मतले पछि पार्दै दोश्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।
लिम्चुङबुङका निर्वाचन अधिकृत तुलराज सुनुवारका अनुसार निर्वाचित राईले र्२ हजार ५१ मत ल्याएका थिए । उनका प्रतिद्वन्दी राजकुमारले १ हजार ५ सय ८९ मत ल्याएका थिए । लिम्चुङबुङमा ४ हजार ७ सय ९३ मत खसेको थियो ।
लिम्चुङबुङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको गठबन्धन थियो । निर्वाचित राई विरुद्ध माओवादी केन्द्रकै स्थानीय नेता होमबहादुर किरातीले बागी उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारले ६१९ मत ल्याएका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमै राईले १ हजार ३ सय ४७ मत पाएर निर्वाचित भएका थिए ।
पालिकाको उपाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका पुष्पलाल राई निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । उनका प्रतिद्वन्दी एमालेकी देवकुमारी कार्कीले १ हजार ७३ मत पाएर पराजित भईन् । वडाध्यक्षहरुमा गठबन्धनकै उम्मेदवारहरु निर्वाचित भएका छन ।
त्यसैगरी लिम्चुङबुङ वडा नम्वर १ मा नेकपा माओवादी केन्द्रका जनदीप थापा मगर, वडा नम्वर २ मा नेकपा माओवादी केन्द्रकै जितेन राई, वडा नम्वर ३ को वडा अध्यक्षमा स्वतन्त्र गुरुमणी कुमाई निर्वाचित भए । वडा नम्व ४ मा जसपाका छत्रबहादुर राई, वडा नम्वर ५ मा नेपाली कांग्रेसका कविचन्द्र राई निर्वाचित भएको छ । एमालेले लिम्चुङबुङमा पाँच वटा वडा सदस्यमा मात्र जित हात पारेको लिम्चुङबुङका निर्वाचन अधिकृत सुनुवारले जानकारी दिए ।