पोखरा । कास्कीको मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरुङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेका शिवबहादुर गुरुङ (महेन्द्र) लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । मादी २०७४ सालको चुनावमा नेकपा एमालेले जितेको पालिका हो ।
मंगलबार दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार निर्वाचित देवीजंगले ६ हजार ५ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकतम् प्रतिस्पर्धी एमालेका महेन्द्रले ५ हजार ७ सय ५० मत प्राप्त गरे ।
यसैगरी, गाउँपालिका उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भइन् । उनले ५ हजार ८ सय २८ मत प्राप्त गरेकी छन् । उनका
निकतम् प्रतिस्पर्धी माओवादी केन्द्रका लालबहादुर गुरुङले ५ हजार ६ सय १६ मत ल्याए ।
कास्कीमा ४ गाउँपालिकामध्ये मादीमा सबैभन्दा बढी १२ वडा छन् । गत शुक्रबार भएको स्थानीय तह चुनावअन्तर्गत मादी कुल १८ हजार ७ सय ८२ मतदातामध्ये १३ हजार ७ सय ६३ (७३.२८ प्रतिशत) मत खसेको थियो ।
योसँगै कास्कीका ४ गाउँपालिकाको अन्तिम मतपरिणाम सम्पन्न भएको छ । कास्कीको रुपा र अन्नपूर्णमा एमाले तथा माछापुच्छे«ेमा कांग्रेस विजयी भइसकेको छ । माछापुच्छे«मा यसअघि एमाले तथा अन्नपूर्ण कांग्रेसले जितेको स्थानीय तह हो । रुपामा एमालेले पुरानो विरासत जोगाएको छ ।






