धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै


धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ । शनिबारदेखि मतगणना सुरू भएकोमा मंगलबारसम्म १७ हजार १५९ मतगणना भएको छ । नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले ७ हजार ८१६ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ८७१ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ९२१ मत पाएका छन। हमाल र वडबीच ३ हजार ९४५ मतको अन्तर छ। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ४१६ मतका साथ लिड गरिरहेकी छिन्।

एमालेकी कन्दकला रानाले ३ हजार ३०७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ९ सय मत पाएका छन। शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आइजिपीमा वसन्त कुँवर नियुक्त

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
प्रदेश संसदबाट राजिनामा दिएर मेयर बन्न आएका आजाद पराजित