नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित


इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगर इलाममा काँग्रेसका उम्मेद्वार विजयी बनेका छन । नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका केदार थापा र विश्नु दाहाल विजयी बनेका छन ।

थापा १३ हजार एकसय ६५ मतका साथ विजयी वने भने उनका निकटतम प्रतिद्धन्दी धिरेन चेम्जुङले १० हजार पाँचसय ८७ मत प्राप्त गरे । उपाध्यक्षमा दाहालको १३ हजार पाँचसय ४२ मत आउँदा एमालेकी सिता रिजालको १० हजार ८८ मत आएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा एमालेकै उम्मेद्वार विजयी बनेका थिए । १२ वटा वडा रहेको इलाम नगरपालिकामा नेकपा एमालेले २ नं वडा प्यानलै जितेको छ भने ३ नं वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै १ नं वडामा वडासदस्य र ११ नं. वडामा २ सदस्य बाहेक बाँकी सबै काँग्रेसले जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 279 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गौतमबुद्ध विमानस्थलमा पहिलाे अन्तर्राष्ट्रिय उडान