दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी

दुल्लु । जिल्लाको दुल्लु नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरको मेयरमा काँग्रेसका भरतप्रसाद रिजाल निर्वाचित भएका हुन् । रिजालले एमालेका रुद्धबहादुर शाहीलाई १ सय ३३ मतान्तरले पराजित गरे ।

मेयरमा निर्वाचित रिजालले ७ हजार ७ सय २५ मत पाउँदा एमालेका शाहीले ७७९२ मत पाए । यो नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच नगरपालिका र वडाहरुमा पूर्ण गठबन्धन भएको थियो । गठबन्धन र एमालेबीच भएको प्रतिस्पर्धामा नगरको मेयर काँग्रेसले जितेको हो ।

नगरको उपमेयरमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरमा एमालेकी विना कार्कीले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका टेकबहादुर खड्कालाई पराजित गरिन् । एमालेकी कार्कीले माओवादीका खड्कलाई ७३ मतले पराजित गरेकी हुन् ।

उपमेरमा निर्वाचित कार्कीले ७ हजार १ सय ६० मत पाउँदा माओवादीका खड्काले ७ हजार ८७ मत पाए । दुल्लुमा २०७४ मा भएको स्थानीय तह निर्वाचनमा पनि मेयर नेपाली काँग्रेस र उपमेयर नेकपा एमालेले जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

११ माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन महानगरमा कांग्रेस उम्मेदवार